संसारलाई अत्यन्तै कठिन अध्ययन र अनुसन्धानले मात्रै चिन्न सकिन्छ ।

 


काठमाडौं, फागुन ७ गते ।
२१औं शताब्दी सूचना र प्रविधिको उच्चतम विकास भएको शताब्दी हो । यस युगमा जन्मिनेले संसारका थुप्रै कुराहरुको सहज ढङ्गले जानकारी प्राप्त गरेका छन् । संसार एउटै गाउँमा रुपान्तरण भएको छ । सूचना र प्रविधिको विकासले मानव जीवन जति सहज बनेको छ त्यति नै सतही पनि बनाएको छ । सूचना र प्रविधिको विकासमा सामाजिक सञ्जाल भनिने फेसबुक आज निकै लोकप्रिय बनेको छ । विभिन्न सामाजिक सञ्जालमध्ये फेसबुकले नेपाली युवायुवतीलाई बढी आकर्षित गरेको देखिन्छ । फेसबुक मार्फत संसारको कुनै पनि कुनामा रहेको आफन्तसँग आरामले कुराकानी गर्न पाइन्छ । विभिन्न मानिसहरुको दृष्टिकोण सुन्न, पढ्न र हेर्न पाइन्छ ।

आजभोलि कुनै मानिस इन्टरनेटमा बस्नु भनेको फेसबुक चलाउन नै हो भन्ने भएको छ । इन्टरनेटमा बस्नु भनेको विश्व ब्रम्हाण्डका सम्पूर्ण ज्ञान र जानकारी लिन भनेर बुझिन्छ । इन्टरनेटमा बसेर संसारका यावत कुराहरु जानकारी लिनुको सट्टा व्यक्ति घन्टौंसम्म फेसबुकमा अनावश्यक गफ गरिरहेको हुन्छ । १ मिनेटमा सकिने कुराकानीलाई घन्टौं लगाएर कुरा गरिरहेको हुन्छ । यसले विशेषतः विद्यार्थीलाई बढी मर्का परेको छ । अध्ययन गर्ने बेलामा फेसबुक लतमा फसेर आफूलाई सतही र अल्छी बनाइरहेको छ । संसारलाई अत्यन्तै कठिन अध्ययन र अनुसन्धानले चिन्न सकिन्छ । मान्छे फेसबुक जस्तो सामान्य विषयमा आफ्नो अमुल्य समय खेर फालिरहेको हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *