चिकित्सकहरुका अनुसार क्याल्सियम भनेको हड्डी र दाँतको पौष्टिक तत्व वा आहार हो ।

 


काठमाडौं, फागुन ७ गते ।
चिकित्सकहरुका अनुसार क्याल्सियम भनेको हड्डी र दाँतको पौष्टिक तत्व वा आहार हो । यसको अभावमा हड्डी र दाँत कमजोर हुन्छन् । त्यसैले क्याल्सियमको बारेमा आवश्यक जानकारी लिनु आवश्यक छ । यसले हड्डी र दाँतको अतिरिक्त मांशापेशीलाई पनि बलियो बनाउँछ । रगत र कोशिकाहरुको लागि पनि आवश्यक हुन्छ । विभिन्न स्रोतबाट प्राप्त भएको यो पौष्टिक तत्व ९९ प्रतिशतभन्दा बढी हड्डी र दाँतमा रिजर्भ भएर रहेको हुन्छ । शरीरलाई आवश्यक पर्ने क्याल्सियम आवश्यक मात्रामा त्यहाँबाट रिलिज हुन्छ । पसिना, छालाका सेल र विकार मार्फत शरीरमा क्याल्सियम घटिरहेको हुन्छ । गति, लिंग र उमेरको आधारमा यसको एब्जर्भसन (कटौति) हुन्छ । हड्डी सधैँ ब्रेकिङ डाउन र रिबिल्डिङको प्रोसेसमा हुन्छ ।

हड्डीलाई रिबिल्ड गर्न र बलियो बनाइराख्न आवश्यक अर्थात् पर्याप्त मात्रामा क्याल्सियमको आपूर्ति हुन जरुरी छ । विभिन्न उमेर समूहमा क्याल्सियमको मात्रा फरक हुन्छ । आवश्यक मात्राभन्दा बढी क्याल्सियम शरीरमा रहनु हुँदैन । साधरणतः प्रत्येक दिन १ हजारदेखि बाह्र सय मिलिग्रामको बीचमा शरीरमा इन्टेक रहनुपर्छ । बढी क्याल्सियम इन्टेक भएमा किड्नीमा पत्थरी हुने र हर्ट अट्याकसम्म हुने खतरा हुन्छ । यसको प्रमुख स्रोत भनेको दूध र दुग्धजन्य उत्पादन हो । टुसा पलाएको भटमास, तिल, माछा, काँक्रो, बदाम, ब्रोकाउली, भिन्डी पनि क्याल्सियमका स्रोत हुन् । शरीरलाई थोरै र धेरै क्याल्सियम हानीकारक हुन्छ । यसको आवश्यक मात्रा कायम गर्नु आवश्यक छ । स्वस्थ शरीरका लागि यसको बारेमा अवश्यक जानकारी राख्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *