क्रान्तियोद्धा प्रेमकृष्ण पाठकले देश र जनताको समृद्धिका लागि जीवनभर सङ्घर्ष गरे ।

 

जनता समाजवादी पार्टीका नेता, क्रान्तियोद्धा, स्वर्गीय प्रेमकृष्ण पाठकसँगको अन्तरङ्ग कुराकानीका आधारमा प्रधानता डटकमका सम्पादक परिवर्तन भट्टराई (कृति) ले ०७१ सालमा तयार पारेको उहाँको जीवनी ।

जनता समाजवादी पार्टी, नेपालका नेता प्रेमकृष्ण पाठकको जन्म वि.सं. १९९७ साल बैशाखमा एक निम्न मध्यम वर्गीय किसान परिवारमा भएको थियो । काठमाडौंको डिल्लीबजार स्थित धोबिधारामा जन्मनु भएका पाठक नेपाली राजनीतिका एक गौरवमय इतिहास हुनु । इतिहास तथा राजनीतिशाश्त्र सयुंक्त विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएका पाठक व्यक्तिगत जीवनबाट माथी उठेर देश र जनताको हित समृद्धिको लागि अहोरात्र लागिरहे । हाल काठमाडौंको पुरानो बानेश्वरमा स्थायी बसोबास गरिरहेका उनीबाट नयाँ पुस्ताले पर्याप्त पाठ सिक्न सक्छन् । लोभ र शक्तिको पछाडि नलागी राजनीतिक सङ्घर्षमा निरन्तर समर्पित भएका यी राजनीतिज्ञलाई नजिकबाट चिन्नु र बुझ्नु जरुरी छ ।

वि.सं. १९९७ सालमा राणा सरकारले ४ जना राणा शासन विरोधी योद्धाहरुलाई मृत्युदण्ड दिएको घटनाले उनको बाल मस्तिष्कमा आघात ग¥यो । उनको परिवार र छिमेकमा त्यस घटनाको विषयमा व्यापक चर्चा परिचर्चा हुँदा उनले त्यसलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । काठमाडौंको शोभा भगवती, सिफल र टेकु पचलीमा मृत्युदण्ड दिएको स्थान र झुण्ड्याइएको रुख आफ्नै आँखाले देखेका पाठकमा एकाएक क्रान्तिकारी चेतको विकास भयो । अत्याचारी शासक विरुद्ध घृणा जाग्न थाल्यो । उमेर बढ्दै जाँदा उनी अत्याचारी शासन र शासक विरुद्ध सशक्त भई क्रान्तिकारी आन्दोलनमा सहभागी हुन थाले ।

वि.सं. २००७ सालको राणा शासन विरोधी आन्दोलनमा बाल्य अबस्थामा नै सहभागी भएका थिए । पद्मोदय हाइ स्कुलमा पढ्दा पढ्दै राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएका हुन । उक्त राणा शासन विरोधी आन्दोलनको प्रभावले उनी झनै सशक्त भई राजनीतिक क्रियाशीलता बढाए । तत्कालिन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गतिबिधि र नेतृत्वसँग नजिकको सम्बन्ध रहेका पाठक सबैका प्रिय थिए । नेपाली कांग्रेसका कार्यकर्ता भएता पनि कम्युनिष्टहरुसँग पनि उनको राम्रो सम्बन्ध थियो । त्यसैले उनी साझा व्यक्तित्वका रुपमा परिचित थिए । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवन भारत निर्वासनबाट स्वदेश फर्किदा विमानस्थलमा लिन पुगेको घटनालाई उनी अविष्मरणीय ठान्छन् । यस हिसाबले १० वर्षे बालक पाठकको राजनीतिक जागरण उच्च थियो भन्ने स्पष्ट हुन्छ । ०७ सालको जन आन्दोलनमा प्रहरीको हस्तक्षेपमा लाठी प्रहार र अश्रु ग्यासले उनलाई शारिरीक आघात गरेको थियो । उनी रगताम्य भएका थिए ।

वि.सं. २०१४ सालमा भएको भद्र अबज्ञा आन्दोलनमा पाठकको सक्रिय सहभागिता थियो । उक्त आन्दोलनमा भाग लिँदा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भए भने अश्रु ग्यासबाट मारमा परे । वि.सं. २०१५ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को चुनाव प्रचार प्रसार समितिको सदस्य भई भुमिका निर्वाह गरे । यस हिसाबले पनि उनको तत्कालिन अवस्थाको राजनीतिक क्रियाशीलता तिब्र थियो भन्ने स्पष्ट हुन्छ । वि.सं. २०१७ पौष १ गते तत्कालिन प्रधानमन्त्री वी.पी कोइरालालाई सैनिक कु गरि तत्कालिन राजा महेन्द्रले गिरफ्तार गर्दा उनी गिरफ्तार स्थल थापाथलीमा वी.पी. सँगको भेलामा थिए । सैनिक कु मुर्दावाद भन्दै नारा लगाएको गुञ्जन आजसम्म उनको दिल दिमागमा ताजै छ ।
वि.सं. २०१७ सालमा काठमाडौंको सितल निवासमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा उनको सहभागिता थियो । त्यसबेला त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी हुँदा छात्र सङ्घ र तरुण दलमा उनको सक्रिय क्रियाशीलता थियो । पार्टी प्रतिबन्धित भएको अवस्थामा नेताहरु जेल र निर्वासित भएको बेला जनजागृति सङ्घको स्थापना गरि फासिस्ट पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनलाई जिवन्त राखेका थिए । गौरिशंकर छात्र सङ्घको अध्यक्ष भई विद्यार्थी आन्दोलनलाई उचाइमा पु¥याए । वि.सं. २०२७ सालमा नेपाल विद्यार्थी सङ्घमाथि लागेको मुद्दामा सङ्घको तर्फबाट कानुन व्यवसायी भई कानुनी सहयोग गरेका थिए । वि.सं. २०१८ सालमा त्रिभुवन विश्वविद्यालय, त्रिपुरेश्वरमा मण्डले विद्यार्थीहरुको कार्यक्रमको मञ्च कब्जा गरी स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग गरेका थिए । वी.पी.का दैनिक राजनीतिक कक्षामा सहभागी हुन्थे ।

क्रान्ती प्रतिको निरन्तर निष्ठाको कारण उनले क्रान्तिकारी सङ्घर्षलाई निरन्तर अगाडी बढाइरहे । उनले नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला कार्य समितिको सचिवमा निर्वाचित भई पार्टीको जिम्मेवारी बहन गरे । वि.सं. २०३३ सालमा नेपाली काङ्ग्रेसको पटनामा भएको महाधिवेशनमा काठमाडौं जिल्लाबाट केन्द्रीय प्रतिनिधि भई सहभागिता जनाएका थिए । उक्त महाधिवेशनले कृष्ण प्रसाद भट्टराईलाई कार्यवहाक सभापति सुम्पिएको थियो । वि.सं. ०३३ सालमा वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केपछि उनले उक्त नीतिको विरोध गरे । वि.सं.०३६ सालको विद्यार्थी आन्दोलनलाई उक्त नीतिकै आधारमा सम्झौतामा टुङ्ग्याएपछि त्यस सम्झौताको विरोध गर्दै नेपाली काङ्ग्रेस परित्याग गरे । वि.सं. २०३६ को विद्यार्थी आन्दोलनमा उनले अभुतपूर्व सहभागिता जनाए । उक्त विद्यार्थी आन्दोलनमा वीपी लगायत १४ जना पक्राउ पर्दा उनी पनि परेका थिए । तत्कालिन डिआईजी नारायण सिंह काण्डमा प्रमुख भुमिका खेलेका थिए । नारायणहिटी दरबारको गेटमा भएको विशाल जुलुसमा नेतृत्व गरेका थिए । सैनिक कु मुर्दावाद भन्दै नारा लगाएका थिए ।

वि.सं. ०३७ सालमा रामराजा प्रसाद सिंहको अध्यक्षतामा दोस्रो वरियता क्रममा सयुंक्त बहुदलीय जनवादी मोर्चा स्थापना गरे । वि.सं. ०४२ सालको बम काण्डपछि पार्टीको नाम जनवादी मोर्चा नेपाल राखेर आफ्नै अध्यक्षतामा सञ्चालन गरे । उक्त पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ् विचारधारा राखियो । त्यसपछि तत्कालिन क्रान्तिकारी कम्युनिष्टहरु जनवादी मोर्चालाई मित्र शक्तिको रुपमा व्यवहार गर्न थाले ।

वि.सं. २०४६ साल पूर्व पञ्चायती व्यवस्था अन्त्य गर्न काङ्ग्रेस र कम्युनिष्टको कार्यगत एकतामा जोड दिँदै उनले तत्कालिन मालेका राजनीतिक गतिबिधिमा नैतिक सहयोग पु¥याउँथे । झापा आन्दोलनबाट आएका क्रान्तिकारीहरु प्रति उनको क्रान्तिकारी व्यवहार हुन्थ्यो । नेकपा मालेले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ता भई आफ्नो क्रान्तिकारी दृष्टिकोण प्रस्तुत गर्थे । मालेको विद्यार्थी सङ्गठनमा उनले धेरै पटक भाषण गरेका थिए । उनी राष्ट्रिय प्रजातान्त्रिक एकता मञ्चको संस्थापक केन्द्रीय सदस्य भई पञ्चायत विरोधी आन्दोलनमा जनवादी व्यवस्थाको लागि अहोरात्र खटे । ल कलेजको विद्यार्थी युनियनको संस्थापक भई जिम्मेवारी बहन गरे । यस हिसाबले क्रान्तिकारी आन्दोलनमा कांग्रेस र कम्युनिष्ट एक ठाउँमा आउनु पर्छ भन्ने उनको दृष्टिकोण देखिन्छ ।

उनले विभिन्न राजनीतिक र गैर राजनीतिक सङ्गठनमा रहेर काम गरेका छन् । बन्दी विमोचन सङ्घ र मानव अधिकार सङ्घमा रहेर समेत काम गरेका छन् । वागमती अञ्चल बार एशोसिएशनको अध्यक्ष र सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्ष समेत भएका थिए । ल एसियाको काउन्सिलर तथा वैकल्पिक काउन्सिलर समेत भएका उनले कानुनी क्षेत्रमा ठूलो योगदान पु¥याएको पाइन्छ । तत्कालिन सरकारले पासपोर्ट उपलब्ध नगराएका कारण उनको विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रमहरु रद्द भए ।

पाठक सामाजिक क्षेत्रमा एउटा उदाहरणीय व्यक्तित्व समेत भएर उदाए । काठमाडौं चावहिल स्थित एक माध्यामिक विद्यालयमा उनले निशुल्क शिक्षण गरे । स्याङ्जा जिल्लाको एक माध्यामिक विद्यालयमा निशुल्क रुपमा प्रधानाध्यापक भई काम गरे । भक्तपुर बहुमुखी क्याम्पसमा स्यम्सेवक प्राध्यापक भई सेवा प्रदान गरे । एस.एल.सी.को निशुल्क कक्षा सञ्चालन गरि सामान्य आर्थिक स्थिति भएका विद्यार्थीलाई सहयोग गरे । राजनीतिक पूर्वाग्रहका कारण उनी आबद्ध सङ्घ संस्थाबाट उनलाई एकैचोटी हटाइयो ।

प्रजातन्त्र प्राप्तीको आन्दोलनमा पञ्चायत कालमा प्रहरीको लाठी प्रहार र मण्डलेहरुको सिक्री प्रहारले उनी पटक पटक घाइते भए । क्रान्तिकारी योद्धाहरुको सुरक्षाको लागि आफ्नो ज्यानको जोखिम लिए । उनी पटक पटक गरि ७ वर्ष सम्म भुमिगत भए । राजनीतिक आन्दोलनमा क्रियाशील हुने क्रममा आफ्नो कानुन व्यवसायको पेशा नै परित्याग गरे । सार्वजनीक सुरक्षा ऐन अन्तर्गत पटक पटक जेल परे । ६ पटक सम्म बिनापुर्जी प्रहरी हिरासतमा परे । उनको जीवन जेल, हिसासत, भुमिगत, लाठी प्रहार, सिक्री प्रहार र बन्दुकको गोलीबाट गुज्रियो । वि.सं. २०३७ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्था स्थापनाको लागि अहोरात्र खटे ।

वि.सं. २०४२ सालमा जनकपुरमा भएको बम प्रहार काण्डले उनको राजनीतिक जीवनलाई झनै कष्टप्रद बनायो । नेपाली काङ्ग्रेसको नीति तथा कार्यक्रम प्रति असन्तुष्टी जनाउँदै उनले जनवादी मोर्चा नेपालको स्थापना गरे । कार्यवहाक अध्यक्ष हुँदै अध्यक्ष समेत भई जिम्मेवारी बहन गरे । जनवादी विद्यार्थी सङ्घ, जनवादी किसान सङ्घ, जनवादी मजदुर सङ्घ जस्ता पार्टीको जनवर्गीय सङ्गठन मार्फत पार्टीको गतिबिधिलाई उचाइमा पु¥याए । सत्याग्रह आन्दोलनमा सक्रिय सहभागी भए ।

वि.सं. २०४६ को जनआन्दोलनमा उल्लेखनीय रुपमा सहभागी भए । ०४६ माघ ५ गते गणेशमान सिंहको घर क्षेत्रपाटी स्थित चाक्सिबारीमा जनआन्दोलन तयारी बैठकमा जनवादी मोर्चाको अध्यक्षको हैसियतले प्रतिनिधित्व गरेका थिए । फागुन ७ गते देखि चैत्र २६ गतेसम्म भएको जनआन्दोलनमा उनी पूर्ण रुपमा सहभागी भए । उनले जनआन्दोलनमा आफ्नो २ जना सहयोद्धा गुमाउनु प¥यो । प्रहरीको गोली प्रहारबाट ती दुई योद्धाले घटनास्थलमै सहादत प्राप्त गरे । वि.सं. २०४८ को आम निर्वाचनमा जनवादी मोर्चाले १६ स्थानमा चुनावी प्रतिस्पर्धा ग¥यो । उक्त निर्वाचन पश्चात उनी आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसमा प्रवेश गरे ।

वि.सं. २०५५ चैत्र २६ गते नेपाली कांग्रेस प्रति असन्तुष्ट भई पार्टी परित्याग गरे । वि.सं. २०५६ बैशाख १ गते तत्कालिन नेकपा माले पार्टीमा प्रवेश गरे । मालेको केन्द्रीय पार्षद भई जिम्मेवारी बहन गरे । माले पार्टी एमालेमा एकीकरण भएपछि उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचित भए । एमालेकै जेष्ठ कम्युनिष्ठ मञ्चको सदस्य समेत भई जिम्मेवारी बहन गरे । लामो राजनीतिक जीवन बिताएका पाठकको नेपाली, नेवारी, हिन्दी र अङ्ग्रेजी भाषामा विभिन्न अन्तर्वार्ता र वक्तव्यहरु प्रकाशित भएका छन् । राजनीति, कानुन र इतिहासका लेखहरुपनि प्रकाशित छन् ।

वि.सं. २०६९ मा उनले नेपाली समाजको विशिष्टताको आधारमा राजनीतिक व्यवस्था हुनपर्छ भन्दै नेकपा एमाले परित्याग गरे । एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईको नेतृत्वमा सामुहिक रुपले पार्टी परित्यागमा सम्मिलित भएका थिए । नेपाली समाजको ऐतिहासिक विशिष्टताको आधारमा वर्गीय र सामाजिक उत्पीडनको एकैसाथ मुक्ति हुने राजनीतिक व्यवस्था नै आजको आवश्यकता हो भन्ने उनको बझाई छ । एमालेले पहिचानको मुद्दालाई सम्बोधन गर्न नचाहेका कारण उनले उक्त पार्टी परित्याग गरेका थिए । पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान निर्माण गर्ने अभिष्ट बोकेर सङ्घीय समाजवादी पार्टीको निर्माण गरे । लामो राजनीतिक इतिहास भएका यी राजनीतिज्ञबाट वर्तमान पुस्ताले पाठ सिक्न जरुरी छ । पाठक हाल जनता समाजवादी पार्टी, नेपालका नेता हुुुनुहुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *