लुम्बिनी विकास बैंकले पोखराको कुटी रिसोर्टका ग्राहकलाई २५ प्रतिशत सम्म छुट दिने ।

 

काठमाडौं, असोज १२ गते ।
लुम्बिनी विकास बैंक लि. ले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रा. लि.मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । कुटी रिसोर्ट प्रा. लि. पोखराको मुटु तथा मुख्य पर्यटकीय स्थल फेवातालको नजिक रहेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई कुटी रिसोर्ट प्रा. लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा २५% सम्म छुट प्रदान गर्ने छ । कुटी रिसोर्ट प्रा. लि. को बिभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन् ।

 

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक श्री दिपक खनाल र कुटी रिसोर्ट प्रा. लि. को तर्फबाट मेनेजिङ्ग डाईरेक्टर श्री देबेन्द्र के. सी. ले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्कन लाग्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *