सेयरको मूल्य कम्पनीको आर्थिक, व्यवस्थापकीय तथा वित्तीय अवस्थामा आधारित हुन्छ ।

 


काठमाडौँ, माघ २२ गते ।
सामान्यतः पुँजी बजार भन्नाले पुँजीको उत्पादन, विस्तार र पुनःउत्पादन र विस्तारको प्रक्रिया हो । पुँजी बजारको प्रकृति र क्षमताको आधारमा यो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको हुन्छ । अझ स्पष्ट रुपमा भन्दा पुँजी लगानी गरी पुँजीकै उत्पादन गर्ने, उत्पादित पुँजीको विस्तार गरी सञ्जाल खडा गर्ने बजारलाई पुँजी बजार भनिन्छ । यो बजारलाई सट्टा बजार वा सेयर बजार पनि भन्ने गरिन्छ । पुँजी बजारमा सेयरलाई वस्तुको रुपमा खडा गरी खरिद गरिन्छ । नाफा वा घाटामा बेचिन्छ । नाफा भए पुँजीको उत्पादन र विस्तार हुँदै जान्छ । घाटा भए पुँजीको कटौती र संकुचन हुँदै जान्छ । कम्पनीका सेयरहरु दलाल मार्फत् किनिन्छ र दलाल मार्फत् नै बेचिन्छ । पुँजी लगानी बराबरको स्वामित्व सेयर खरिदकर्तासँग हुन्छ । जब बेचिन्छ स्वामित्व हस्तान्तरण हुन्छ । यसको सबैभन्दा ठूलो बजार अमेरिकाको डाउन स्ट्रिट मार्केट हो । त्यसैगरी लण्डनको डाउन स्ट्रिट, मुम्बईको सट्टा बजार, हङ्कङ्को सेयर बजार आदि विश्व प्रशिद्ध पुँजी बजार हुन् ।

नेपालमा स्टक एक्सचेन्जको नाममा पुँजी बजारको कारोबार हुन्छ । अन्तर्राष्ट्रिय कम्पनी र वित्तीय बजारसँग सम्बन्ध नभएकाले यो राष्ट्रिय स्तरको पुँजी बजार हो । पुँजी बजारले सम्बन्धित देशको कम्पनीहरुको वित्तीय स्थितिको निर्धारण गर्दछ । त्यस देशका कम्पनीहरुप्रति जनताको विश्वास देखाउँछ । त्यसले देशको समग्र आर्थिक तथा वित्तीय क्षमतालाई प्रदर्शन गर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र राजनीतिक उतारचढावले पनि पुँजी बजारलाई प्रभाव पार्छ । मुख्य प्रभाव पार्ने क्षेत्र भनेको सम्बन्धित कम्पनीहरुको वित्तीय स्थिति नै हो । सेयर भनेको जनताको विकेन्द्रित पुँजीको संकलन गर्ने डकुमेन्ट हो । त्यो कुल पुँजीको एक अंश पनि हो । कुल पुँजीलाई खण्डित गरेर जनतासँग छरिएको पुँजीलाई संकलन गर्ने डकुमेन्ट हो । अंश अंश गरेर पूर्ण हुन्छ । सेयरको मूल्य कम्पनीको आर्थिक, व्यवस्थापकीय, वित्तीय, गुडविल जस्ता कुरामा आधारित हुन्छ । निष्कर्षमा भन्दा सेयरको मूल्य कम्पनीको आर्थिक तथा वित्तीय क्षमताको आधारमा निर्धारित हुन्छ । यसले देशको आर्थिक तथा वित्तीय क्षमतालाई पनि देखाउँछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *