अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले १५ वर्षको उमेरमा अक्षर चिनेका थिए ।

 


काठमाडौं, माघ १५ गते ।
बाबु थोमस लिंकन र आमा नान्सी लिंकनको एकमात्र छोरो अब्राहम लिंकनको जन्म सन् १८०९ फेब्रुअरी १२ का दिन संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको हजनभिल्ले भन्ने ठाउँमा एक गरिब परिवारमा भएको थियो । यिनको सारा लिंकन भन्ने एकजना दिदी थिइन् । बाबुआमा दुवै अशिक्षित र गरिब भएकाले आफ्नो प्रतिभाशाली छोरोलाई चाहेर पनि पढाउन सकेनन् । यिनको बाल्यकाल हजनभिल्ले क्षेत्रको नोलिन क्रीक भन्ने गाउँमा बितेको थियो । अध्ययन गर्ने समयमा बाबुसँग काम गर्न जानुपर्ने उनको बाध्यता थियो । हुने बिरुवाको चिल्लो पात भने झैं बाबुसँग काम गर्न जाँदा पनि पढिरहन्थे । अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले १५ वर्षको उमेरमा अक्षर चिनेका थिए । आफ्नो घरदेखि केही कोश टाढा डोरसेल नामक शिक्षकले खोलेको एक सामान्य पाठशाला पढ्न थाले । भौतिक र शैक्षिक पूर्वाधार प्रशस्त नभएको त्यस स्कूलमा स्तरीय पढाई थिएन ।

आर्थिक स्थिति कमजोर भएका कारण अर्को स्कुलमा जाने सम्भावना पनि थिएन । माग्दा राज्य त पाइन्छ भन्ने मान्यता बोकेका लिंकनले पुस्तक, कापी र कलम किन्न चाहिने रकम नलजाई मागेर जुटाउँथे । मागेर ल्याएका पुस्तकहरु चुल्होको प्रकाशमा रातभरी पढ्थे । निरन्तरको प्रयास र लगावको परिणाम कानुन पढेर वकिल समेत भए । सन् १८१६ मा ७ वर्षको उमेर हुँदा यिनको परिवार केन्टकी राज्यबाट इण्डियाना राज्यमा बसाई स¥यो । सन् १८३० फेरि इण्डियाना राज्यबाट इलिनियोस राज्यमा बसाई स¥यो । ९ वर्षको उमेरमा आमाको मृत्यु भएका कारण उनको लालनपालन सौतेनी आमाबाट भयो । सन् १८४२ मा मेरी टोड नामकी एक सम्पन्न परिवारकी युवतीसँग विवाह भयो । विपन्न परिवारका लिंकनको सम्पन्न परिवारकी छोरीसँग विवाह भएकोले पारिवारिक झमेला भई दाम्पत्य जीवन सुखद हुन सकेन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *