हिन्द महासागरले घेरिएको कारण सुन्दर देश श्रीलंकालाई टापु देश पनि भनिन्छ ।

 


काठमाडौं, माघ १० गते ।
श्रीलंका दक्षिण एसियाको एक जलपरिवेष्ठित मुलुक हो । चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको यो देश सुन्दर र रमणीय छ । यसको पुरानो नाम सिलोन हो । भौगोलिक क्षेत्रफल ६५,६१० वर्ग कि.मि. छ । क्षेत्रफलको हिसाबले विश्वको १२२ आँै ठूलो देश हो । जनसंख्याको हिसाबले विश्वको ५७ औँ ठूलो देश हो । जनघनत्व ३२३ जना प्रति वर्ग कि.मि. छ । जनघनत्वको हिसाबले विश्वको ४० औँ ठूलो देश हो । प्रतिव्यक्ति आय ३,८१८ अमेरिकी डलर छ । प्रतिव्यक्ति आयको हिसाबले विश्वको ११४ औँ ठूलो देश हो । प्रमुख जातीय समुह सिंहाली हो भने दोस्रो ठूलो जातीय समुह तामिल हो । प्रशासनिक राजधानी श्री जयवर्दनेपूर कोटे हो भने व्यापारिक राजधानी कोलोम्बो हो । सबैभन्दा ठूलो शहर कोलोम्बो हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र हो । लगभग ७० प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन् । ९२ प्रतिशत भन्दा बढी जनता साक्षर छन् । हिन्द महासागरले घेरिएको कारण श्रीलंकालाई टापु देश पनि भनिन्छ । श्रीलंकाको मुद्रालाई श्रीलंकन रुपी भनिन्छ । सन् १९६० मा श्रीमाओ बन्दरानायके श्रीलंकाकी प्रधानमन्त्री बनिन् । उनी विश्वकै प्रथम महिला प्रधानमन्त्री हुन । यस देशलाई पूर्वको मोति भनेर पनि चिनिन्छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । संयुक्त राष्ट्र सङ्घको कुल बजेटको ०.०१६ प्रतिशत बजेट अनुदान सहयोग गर्छ । भौगोलिक विविधता र सामाजिक तथा सांस्कृतिक विशिष्टताको कारण यहाँ पर्यटन व्यवसायको प्रचुर सम्भावना छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *