नियमित बदामको भोजन गर्दा मान्छेको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

 


काठमाडौं, माघ १० गते ।
बदामको विभिन्न गुणहरु हुने भएकाले यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ । पोषण तथा स्वास्थ्य विज्ञहरुले बदाम खानुका विभिन्न फाइदाहरु सुझाएका छन् । उनीहरुका अनुसार बदाम खाँदा हुँने फाइदाहरु यस प्रकार छन् ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
नियमित रुपमा बदामको भोजन गर्दा मान्छेको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । जसको परिणाम मुटु सम्बन्धी समस्याबाट बचाउँछ । त्यसैगरी व्यक्तिमा हुने डिप्रेसनलाई न्यूनीकरण गर्छ । बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमर र क्यान्सर हुनबाट जोगाउँछ ।
–बदाम भिटामिन सी को स्रोत हो ।
बदाम भिटामिन सी को एक प्रमुख स्रोत हो । यसको नियमित भोजन गर्नाले रुघाखोकीको जोखिमलाई कम गर्छ । साथै घाँटीमा हुने खसखस वा घाँटी सुक्खा हने समस्याबाट बचाउँछ । त्यसैले रुघाखोकी र घाँटीमा समस्या हुनेहरुले बदाम नियमित रुपमा खाने गर्दा लाभदायक हुन्छ ।


–प्रजनन क्षमता बढाउँछ ।
बदामको नियमित भोजनले महिलाहरुमा प्रजनन क्षमता बढाउँछ । बदाममा पाइने फोलिक एसिड तत्वले प्रजनन क्षमता बढाउन सहयोग गर्छ । यसको साथै गर्भमा रहेको शिशुको विकास गर्नमा पनि बदामको नियमित भोजन गर्नु जरुरी हुन्छ ।
–छालाजन्य समस्याको रोकथाम गर्छ ।
नियमित बदाम भोजन गर्नाले छालाका विभिन्न रोगहरुलाई नियन्त्रण गर्छ । बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले छालाको चमक बढाउँछ । यसमा पाइने पोषणयुक्त फाइबरले छालालाई नरम र चम्किलो बनाउँछ ।
–डायविटिज लाग्नबाट जोगाउँछ ।
बदाममा म्याग्निसियम भन्ने तत्व पाइन्छ । यसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । जसले डायबिटिजको समस्याबाट जोगाउँछ । डायबिटिज आम मानिसको लागि समस्या बन्दै गएको छ । यस्तो अवस्थामा बदामको भोजन गर्नु अत्यन्तै उपयोगी हुने स्वास्थ्य विज्ञहरुले बताउँछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *