काठमाडौं, माघ ६ गते ।
काठमाडौं उपत्यकामा शुक्रबारदेखि निजी तथा भाडाका सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार उक्त प्रणाली शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।