मानिस त्यस बेलासम्म मात्र स्वस्थ हुन्छ जुन बेलासम्म उसको मस्तिष्क स्वस्थ हुन्छ ।

 


काठमाडौं, माघ ६ गते ।
एउटा मानिस त्यस बेलासम्म मात्र स्वस्थ हुन्छ जुन बेलासम्म उसको मस्तिष्क स्वस्थ हुन्छ । स्वस्थ मस्तिष्क हुनुको अर्थ हुन्छ त्यो मानिस अर्थपूर्ण क्रियाकलापमा क्रियाशील हुन बाटो खुलेको छ । मस्तिष्क कुनै निरपेक्ष वस्तु होइन । नरम र विशिष्ट प्रकृतिको मांशपेशीबाट बनेको यो मस्तिष्कले बुद्धि, विवेक र चेतना उत्पादन गर्ने क्षमता राख्छ । मस्तिष्कको अवस्था वा मस्तिष्कको क्षमताको आधारमा मानिस कस्तो बन्छ भनेर पूर्वानुमान गर्न सकिन्छ । यो मांशपिण्डमा अथाह शक्ति अन्र्तनिहित हुन्छ । यसको अत्यन्तै सानो अंश अर्थात् एक–दुई प्रतिशत मात्र प्रयोग हुन्छ भनिन्छ । त्यो मानिस अनौठो, अलौकिक, महान् र विचित्रको त्यसबेला हुन्छ जतिबेला उसले मस्तिष्कको प्रयोगको मात्रा बढाउँछ । मस्तिष्कको प्रयोगको मात्रा जति बढ्दै जान्छ उसले साधारण मानिसले सोचेभन्दा फरक ढङ्गले आफूलाई प्रस्तुत गर्छ ।

मस्तिष्कलाई स्वस्थ राख्नको लागि मानिसको जीवनशैलीले प्रमुख भूमिका खेल्छ । खाने, सोच्ने र संगत गर्ने कुराले उसको मस्तिष्कलाई प्रभावित बनाई राखेको हुन्छ । प्राकृतिक रुपमै केहीको मस्तिष्क बढी तेजिलो हुन्छ भने केहीको मन्द गतिको हुन्छ । कठोर साधना र मस्तिष्क स्वास्थ्यको ज्ञानले मस्तिष्कलाई उन्नत बनाउन सकिन्छ । ओमेगा–३ नामक पौष्टिक तत्व मस्तिष्कको क्षमता बढाउने आवश्यक तत्व हो । चिसो पानीमा हुर्केको साल्मन र सार्डिन्स जातका माछामा यो तत्व बढी पाइन्छ । नरिवलको तेल र ओखरको गुदीले पनि मस्तिष्कलाई चाहिने पोषिलो तत्व प्रदान गर्छ । फ्लोराइड नभएको पानी बढी मात्रामा पिउनु पर्छ भने शरीरमा जलवियोजन हुन दिनु हुँदैन । एन्टिअक्सिडेन्ट नामक पौष्टिक तत्व रातो र बैजनी रङको अङ्गुर, हरियो चिया र ब्रोकाउलीमा पाइने भएकाले तिनीहरुको नियमित प्रयोग मस्तिष्कको क्षमता बढाउनको लागि आवश्यक हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *