धार्मिक आस्थाको केन्द्र हलेसी महादेवस्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने ।

 


काठमाडौं, माघ ६ गते ।
खोटाङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने हलेसी महादेवस्थानलाई पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ । विशिष्ट र अलौकिक संरचनाले बनेको जमीनमुनि चट्टान पग्लिएर बनेको जस्तो देखिने यो महादेवस्थानका विभिन्न किंवदन्तीहरू छन् । राक्षसले महादेवको वद गर्न खोज्दा महादेव त्यसभित्र लुक्न पुगेका जस्ता किंवदन्तीहरू छन् । जे जस्तो किंवदन्तीहरू भएता पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्र बनेको छ हलेसी महादेवस्थान । जमिनमुनि चट्टान पग्लिएको अवस्था भएकाले मानव निर्मित सिढीबाट चट्टानै चट्टानले बनेको जमिनमुनि ओर्लिनुपर्छ । यो प्रसिद्ध धार्मिकस्थल सदरमुकाम दिक्तेलबाट लगभग ११ कोष पश्चिममा पर्दछ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि यो मन्दिर प्रख्यात रहेको छ ।

बालाचतुर्दशी, रामनवमी, शिवरात्री र तीजमा यहाँ मेला लाग्ने गर्छ । यहाँ तीर्थालुहरू भारतका सिक्किम र दार्जिलिङ लगायतका स्थानहरूबाट पनि आउने गर्छन् । राज्यको ध्यान नपुगेको कारण यो पवित्र र अलौकिक तीर्थस्थल छायाँमा परेको छ । यसको राम्ररी प्रचारप्रसार गर्ने हो भने हिन्दू धर्मावलम्बी र गैर हिन्दू धर्मावलम्बी सबैलाई आकर्षण गर्न सकिन्छ । महादेव, ककनी, बसाह, पञ्चवती, कालिकास्थान, भैरवनाथ गुफा र गुम्बाहरूका कारण पनि यो पवित्र तीर्थस्थल एक पटक पुग्नु र दर्शन गर्नु आवश्यक छ । हलेसीस्थित महादेवस्थान परिसरका विभिन्न देवीदेवताहरूको पूजा आराधाना गर्दा मनोकाङ्छा पूरा हुने जनविश्वास छ । जसलाई जे विश्वास भए पनि उक्त अलौकिक धार्मिक स्थलको संरक्षण र विकासमा जुट्नु आवश्यक छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *