हिदेकी तोजो जापानको प्रधानमन्त्री र प्रशान्त महासागरीय युद्धको निर्देशक बनेका थिए ।

 


काठमाडौं, पौष २३ गते ।
हिदेकी तोजो सन् १९४४ सम्म जापानको प्रधानमन्त्री र प्रशान्त महासागरीय युद्धको निर्देशक बने । जापानी सेनामा उनको पकड ज्यादै मजबुत थियो । सन् १९३७ मा उनले सबैभन्दा पहिला मन्जुरिक क्वाटम आर्मीको अधिनायकत्व सम्हाले । सन् १९३८ मा आर्मीको जिम्मेवारीबाहेक उनलाई मन्त्रिपरिषद्मा पनि ल्याइयो । यस्तो पहिले कहिल्यै गरिएको थिएन ।

सन् १९४० मा कुनोवे मन्त्रीमण्डलका युद्धमन्त्री बनेपछि उनले जापानलाई धुरी राष्ट्रहरूको समूहमा संलग्न गराए । १७ अक्टोबर, १९४१ मा तोजो प्रधानमन्त्री बने । त्यसको लगत्तै उनले फ्रान्सेली हिन्द–चिन कब्जा गरे । तोजो त्यतिखेर शक्तिको शिखरमा थिए । उनले एकैसाथ तीनवटा जिम्मेवारी सम्हालेका थिए । उनी त्यतिबेला प्रधानमन्त्री, अर्थमन्त्री र युद्धमन्त्रीको हैसियतले तानाशाह बने । जापानी आत्मसमर्पणपछि उनले आत्महत्या गर्ने प्रयास गरे पनि नमरेकाले पछि फाँसीको फन्दामा परे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *