पिस्कर काण्ड पञ्चायतले २०४० सालमा घटाएको प्रतिशोधपूर्ण निर्मम चर्चित घटना हो ।

 

काठमाडौं, पौष २३ गते ।
पिस्कर काण्ड नेपालको राजनीतिक आन्दोलनमा धेरै सुनिने नाम हो । पिस्कर काण्ड विक्रम संवत् २०४० माघ १ गते घटेको घटना हो । यो काण्ड तत्कालीन पञ्चायतले गरेको राजनीतिक प्रतिशोधपूर्ण घटना हो । राजनीतिक तथा समाजिक जागरण गर्ने प्रगतिशील कार्यक्रममाथि राज्यले गरेको बर्बर दमन हो । यो घटना सिन्धुपाल्चोक जिल्लाको पिस्कर महादेवस्थानमा घटेको थियो । माघे संक्रान्तिको दिन महादेवस्थाबनमा भएको मेलामा राज्यले दमन गरेको थियो ।

राजनीतिक तथा सामाजिक जागरणका लागि प्रगतिशील सांस्कृतिक कार्यक्रम भइरहेको थियो । प्रहरीले उक्त सांस्कृतिक कार्यक्रममा बर्बर ढंगले दमन गरेको थियो । सांस्कृतिक कार्यक्रमस्थलमा गोली चलायो । प्रहरीले गोलीले ठोकेर २ जना व्यक्तिको हत्या ग¥यो । थुप्रै व्यक्ति घाइते भए । धेरै मान्छेलाई पक्राउ गरियो र थुनामा राखेर चरम यातना दिइयो । उक्त काण्डलाई नै पिस्कर काण्ड भनिन्छ । राति महादेवस्थानको मेलामा प्रगतिशील सांस्कृतिक कार्यक्रम मञ्चन भइरहेको थियो ।

तत्कालीन मन्त्री पशुपति शमशेर राणाले अञ्चलाधीश कार्यालयलाई उग्रवादी कम्युनिष्टले आक्रमणको तयारी गरिरहेको भनी त्यसलाई दबाउन निर्देशन गरेका थिए । सोही बमोजिम तत्कालीन अञ्चलाधीशको आदेशमा गएको सशस्त्र प्रहरीले मञ्चन भइरहेको सांस्कृतिक कार्यक्रममा गोली प्रहार गरेको थियो । उक्त गोली काण्डमा अल्पसंख्यक थामी जातिमाथि दमन गरिएको थियो । पिस्कर काण्डलाई पिस्कर हत्याकाण्ड पनि भनिन्छ । उक्त काण्डको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक निन्दा र विरोध गरिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *