फकल्याण्ड टापुको विवादका कारण बेलायत र अर्जेन्टिनाबीच भिषण युद्ध भएको थियो ।

 


काठमाडौं, षौष १४ गते ।
फकल्याण्ड युद्ध बेलायत र अर्जेन्टिनाबीच फकल्याण्ड टापुको विवादका कारण भएको युद्ध हो । यी दुई देशबीच उक्त टापुको विवादका कारण भिषण युद्ध भएको थियो । यो युद्धको सुरुवात सन् १९८२ को अप्रिल २ तारिखमा भएको थियो । युक्त युद्धको अन्त्य सन् १९८२ को जुन १४ तारिखमा भएको थियो । फकल्याण्ड युद्ध जम्मा ७४ दिन भएको थियो । अर्जेन्टिनाले फकल्याण्ड टापु आफ्नो सार्वभौमसत्ता अन्तर्गत रहेको भन्दै बेलायती सेनामाथि आक्रमण गरेको थियो । बेलायतले आफ्नो उपनिवेश अन्तर्गत फकल्याण्ड टापुलाई बर्षौदेखि आफ्नो नियन्त्रणमा राखेको थियो । अर्जेन्टिनाले फकल्याण्ड टापुमा रहेका बेलायती सेनामाथि आक्रमण गरेपछि यी दुई देशबीच युद्ध भएको थियो । उक्त युद्धमा अर्जेन्टिनाका ६ सय ४९ जना सेना मारिएका थिए भने बेलायतका २ सय ५५ जना सेना मारिएका थिए ।

अर्जेन्टिनाका १ हजार ६ सय ५७ जना सेना घाइते भएका थिए भने ७ सय ७५ जना बेलायती सेना घाइते भएका थिए । त्यसैगरी ११ हजार ३ सय १३ जना अर्जेन्टिनी सेनालाई बेलायती सेनाले कब्जामा लिएको थियो भने १ सय १५ जना बेलायती सेनालाई अर्जेन्टिनी सेनाले नियन्त्रणमा लिएको थियो । ७४ दिनको युद्ध पश्चात् अर्जेन्टिनाले बेलायत समक्ष आत्मसमपर्ण गरेपछि फकल्याण्ड युद्ध समाप्त भएको थियो । बेलायतले उक्त युद्धमा १ हजार ५ सय गोर्खा सेनालाई प्रयोग गरेको थियो । युक्त युद्धमा गोर्खा सेनाले बहादुरी प्रदर्शन गरेका थिए । गोर्खा सेनाको बहादुरीपूर्ण युद्धका कारण अर्जेन्टिनाले हार व्यहोर्नु परेको अर्जेन्टिनीहरुको बुझाई यद्यपि कायम छ । त्यसैले अर्जेन्टिनीहरु नेपालप्रति सकारात्मक नरहेको विश्लेषण पनि गर्ने गरिएको छ । यो युद्ध इतिहासमा एक चर्चित युद्धको रुपमा रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *