समावेशी शिक्षाको कुरा कागजमै सिमित रहेको सरोकारवालाहरुको भनाई ।

 

काठमाडौं, मंसिर १७ गते ।
‘नीतिगत रुपमा बलियो छौं तर, समाबेशी शिक्षा व्यवहारतः लागु छैन ।’ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२१ को सन्दर्भ पारी राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय संवाद कार्यक्रममा अधिकांश वक्ताहरुको एकमुष्ठ आवाज हो यो । शिक्षा अधिकार अनुगमन समुह नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा कागजमा सिमित रहेको नेपाली शिक्षा प्रणालीलाई कसरी व्यवहारिक र समावेशी बनाउने भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए । शिक्षा अधिकार अनुगमन समूहको सहकार्य र लू निभा बाल सरोकार समुहको सहयोगमा भएको उक्त कार्यक्रममा अपाङ्गता भएका किरोरकिशोरी सहभागी सहित शिक्षाका क्षेत्रमा सरोकारवालाहरु सहभागी थिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपिालका पूर्व अध्यक्ष डा. विरेन्द्र पोखरेलले राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले नेपालको समावेशी शिक्षाबारे संबिधान र कानूनी विषय र कार्यान्वयनबारे प्रस्तुती राखेका थिए । प्रस्तुतीमाथि टिप्पणी गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षालाई व्यवहारिक समावेशी बनाउने विषय संबिधानमै अस्पष्ट भएका कारण समस्या भएको स्पष्ट पारे । उनले भने, ‘संबिधान नै अस्पष्ट छ । संबिधानको अनुसूचि आठ सेमात्ने कि नौ ?आठले स्थानीय तहलाई समात भन्छ नौले केन्द्रिय सरकार । यति मात्रै हैन हाम्रो कन्फ्युजन विशेष शिक्षा कि समावेशी शिक्षा अर्थात् विशेष शिक्षाभित्रको समावेशी शिक्षा भन्नेमा पनि छ ।’ उनले यी सबै नीतिगत झमेलाकाबीच अपाङ्गता भएका बालबालिकाका अभिभावलाई निकै कठिन स्थिति भएको बताउँदै सरकारले यसबारे गम्भीर हुन जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिएमा निकै अगाडि बढ्न सक्ने बताए । कागजमा नेपाल कमजोर नभए पनि कार्यान्वयन निकै निराशाजनक भएको तबाउँदै शिक्षामा यति धेरै कमजोरी नहुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हामीसँगको डकुमेण्ड त्यति कमजोर छैन । समावेशी शिक्षाको कार्यान्वयनमा व्यवहारिक पाटाहरु निकै अप्ठेरो छन् । यसमा स्थानीय तहदेखि केन्द्र सरकार सबै लाग्नुपर्ने हुन्छ ।’ कार्यपत्रमाथि टिप्पणी गर्दै समाबेशी शिक्षा मञ्च नेपालकी अध्यक्ष नुपुर भट्टाचार्यले पनि व्यवहारिक शिक्षाका लागि सबैले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रममा आफ्नो धारणा राख्दै संसदको शिक्षा स्वास्थ्य समितिकी सदस्य बिद्या भट्टराइले शिक्षाको विषय राजनीतिक दलहरुको एजेण्डा नै नबन्दा समस्या भएको बताइन् । उनले भनिन्, ‘राजनीतिक शिक्षाको विषय नै राजनीतिक दलहरुको एजेण्डा बनेको छैन । कसरी समावेशी त अपाङ्गमैत्री शिक्षा बन्न सक्छ ?’

आपाङ्गमैत्री र समावेही शिक्षाका लागि स्थानीय तहलाई सबैले सघाउनुपर्ने धारणा राख्दै सांसद भट्टराईले संघीय सांसदहरुलाई पनि सरोकारवालाहरुले घच्घच्याउनुपर्ने बताइन् । ‘अब हामी सरोकारवाला मिलेर स्थानीय तहलाई जिम्मेवार बनाउनुप¥यो । स्थानीय तहले तथ्यांक संकलन र आवश्यकता के हो पत्ता लगाउनुप¥यो । प्रदेशले पाठ्याक्रम निर्माणमा ध्यान दिनुप¥यो । संघीय तहले स्पष्ट नीति बनाउनुप¥यो ।’ उनले भनिन्, ‘शिक्षा, शिक्षाभित्रको समावेशिताको विषय सांसदहरुलाई नै थाहा छैन । तपाईहरुजस्ता व्यक्तिहरुले एक पटक शिक्षा समितिका सांसदहरुसँग यसरी संवाद गर्नुप¥यो ।’ कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. हरि लम्साले सरकारले गर्नुपर्ने कामहरु गरिरहेको बतोउँदै समावेशी शिक्षाको पूर्णता दिनका लायि सरकार प्रतिबद्ध भएको बताए । उनले भने, ‘सरकारले केही नगरेको होइन । कयौं कामहरु गरहेको छ र गरिरहेको छ ।

समावेशी शिक्षा प्रणालीलाई पूर्णता दिनका लागि सरकारले गर्नुपर्ने कामका लागि प्रतिबद्ध छौं ।’ यस्तै राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले पनि परिषदले अपाङ्गता भएका बालबालिको पुनःस्थापना र उपचारका सन्दर्भमा काम गरिरहेको बताए । कार्यक्रमको समापन गर्दै समाध्यक्ष रहेका शिक्षा अधिकार अनुगमन समुह नेपालका संयोजक सन्तराम डंगालले समावेशी शिक्षाको कार्यान्वयनका लागि सबैले आ–आफ्नोृ स्थानबाट पहल गर्नुपर्नेमा जोड दिए । शिक्षा अधिकार अनुगमन समूहको सहकार्य र लू निभा बाल सरोकार समुहको सहयोगमा भएको उक्त कार्यक्रममा अपाङ्गता भएका किरोरकिशोरी सहभागी सहित शिक्षाका क्षेत्रमा सरोकारवालाहरु सहभागी थिए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बाल अधिकारकर्मी तथा मानव अधिकारकर्मी र शिक्षा अभियन्ताहरू सहभागी थिए । सन् १९८१ मा ‘पूर्ण सहभागिता र समानता’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघबाट सुरु भएको राष्ट्रिय अपांगता दिवसको १० वर्षे कार्ययोजना पारित भएसँगै सन् १९९२ डिसेम्बर ३ देखि अन्र्राष्ट्रिय रुपमा अपाङ्गता दिवस मनाउन थालिएको हो । सन् १९९३ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *