घरपालुवा जनावरको लागि बाँसको घाँस अत्यन्त मिठो र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ ।

 


काठमाडौं, मंसिर १४ गते ।
बाँस एक प्रकारको बहुउपयोगी घाँस प्रजातिको वनस्पति हो । यसको प्रयोग सामान्य घरायसी प्रयोग देखि ठूलाठूला संरचना निर्माण गर्न समेत हुन्छ । कडा तर हलुका यसको विशेषता हो । यसको विकास झ्याङमा हुन्छ । यसलाई चाहेको आकारमा ल्याउन सकिन्छ । यो २४ घण्टामा ४ फिट बढ्छ । यसको बिरुवालाई तामा भनिन्छ । तामा तरकारीको लागि उपयोगी हुन्छ । तामाबाट बनेको तरकारी राम्रो तरकारीको रुपमा लिइन्छ । बाँसको बिरुवा तामाको विकास भई वयस्क हुन २ देखि ३ महिना लाग्छ । बाँसबाट अत्यन्तै राम्रा घरहरु निर्माण हुन्छन् । आकर्षक फर्निचर पनि बन्छन् । बाँसको झ्याङ वार्षिक १० देखि ३० प्रतिशतले वृद्धि हुन्छ । १०० ग्राम बाँसको तामामा २.६५ प्रतिशत प्रोटिन हुन्छ । यस प्रकार यो पौष्टिक तत्व युक्त पनि हुन्छ । यसले अन्य वनस्पतीले भन्दा बढी अक्सिजन उत्पादन गर्छ । बाँस झ्याङले ३ देखि १० डिग्री सेल्सीयस सम्म तापक्रम घटाउन मद्दत गर्छ ।

बाँस झ्याङ चराहरुको सुरक्षित बासस्थान हो । बाँस झ्याङ न्यानो हुने भएकाले विभिन्न वन्यजन्तुले बासस्थानको रुपमा पनि प्रयोग गर्छन् । बाँसका जराले माटोलाई बलियोसँग समात्ने भएकाले यसलाई भुक्षय नियन्त्रण गर्न प्रयोग गरिन्छ । बाढी नियन्त्रण गर्न पनि बाँस झ्याङले महत्वपूर्ण सहयोग गर्छ । अन्य वनस्पतिले भन्दा दोब्बर कार्बनडाइअक्साइड ग्यास सोस्छ । अक्सिजन बढी उत्पादन गर्ने र कार्बनडाइअक्साइड बढी सोस्ने भएकाले यो प्राणीहरुका लागि जीवन नै हो । गर्मी याममा यसको छायाँमा बस्नु अत्यन्तै आनन्द हुन्छ । शीतलता दिने भएकाले यसलाई घर छेउछाउ रोपिने गरिन्छ । बाँसको तामाबाट रक्सी, बियर, भाती र जाँड पनि बनाइन्छ । यसबाट आर्युवेदिक औषधी पनि बनाइन्छ । तामाले मोटोपन बढ्न दिँदैन । ताममा ७५ प्रतिशत पानी हुन्छ । घरपालुवा जनावरको लागि बाँसको घाँस अत्यन्त मिठो र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । त्यसकारण बाँसलाई संरक्षण गरौं

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *