नेपाल समृद्व बनाउन कृषि क्रान्ति पहिलो शर्त हुन आउँछ : टेलिपोर्ट कम्पनी सिईओ किराती

 

काठमाडौं, कार्तिक ३० गते ।
लेखक तथा युवा राजनीतिकर्मी मिलनकान्छा किरातीले उद्यम तथा व्यावसायिक क्षेत्रमा आफुलाई स्थापितगर्दै टेलिपोर्ट कम्पनीको सिईओमा नियुक्त भएका छन् । विगत आधा दसकदेखि बजार विस्तारगर्दै आइरहेको टेलिपोर्ट कम्पनीले खाद्यन्न सामग्रीलगायत घरायसी प्रयोग हुने सामानहरु आयात/निर्यात गर्ने, उत्पादन गर्ने र घर–घरमा डेलिभरी सेवा दिने गरेको छ । कम्पनीले प्रविधी क्षेत्रमा क्रान्ति ल्याएर देशले नयाँ फड्को मार्नुपर्ने उद्देश्यसहित घर–घरमा ई कोडिङगर्दै टेलिपोर्ट डिजिटल वालेट, डिजिटल गेटवे र टेलिपोर्ट मनि कार्ड, ट्राभल कार्ड, सपिङ कार्ड, स्मार्ट कार्ड निर्माणगर्दै जनताको जीवनशैली स्मार्ट, सरल, सहज र समृद्ध बनाउन काम गरिरहेको कुरा किरातीले बत्ताए । किरातीले भने, ‘ हाम्रो महत्वपूर्ण अभियान हामीले विदेशिएका युवालाई स्वदेश फर्काएर स्वरोजगारी, उद्यमी बनाएर समृद्ध नेपाल निर्माण गर्ने हो । ट्रेड, टेक्नोलोजीसहित ईजरायली, कोरियाली र नेपाली कृषि प्रविधी विज्ञ र संस्था, निकायसँग सहकार्य गरेर नेपालको तराई, पहाडमा खेर गईरहेको बाँझो जमीनको डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको छ ।

नेपाल समृद्व बनाउन कृषि क्रान्ति पहिलो शर्त हुन आउँछ ।’ अधिराज्यभर कतिपय ठाउँको डिपीआर तयार भइसकेकोले ७ प्रदेश ७७ जिल्ला, पालिका र वडा स्तर स्थानीय तहसम्म तीन आधार, तीन तह र तीन चरणमा कृषक, उत्पादक, श्रमिक र उपभोत्तालाई सङ्गठित गरी तीव्र गतिमा उत्पादन क्षमता बढाउने, रोजगार सिर्जना गर्ने, उपभोक्ताको स्वच्छ, सफा, ताजा स्वस्थकर उपभोग गर्न पाउने अधिकारलाई स्थापित गरेर हेल्दी स्मार्ट नेपाली र स्मार्ट नेपाल निर्माणगर्दै समृद्धितिर अघि बढ्ने छौँ ।’ उनले थपे, ‘एक बोरा दाल, चामलमा एक पाउ ढुङ्गा खाने पीडित म आफैँ हो । यहाँ हरेक चीजमा अखाद्य बस्तु मिसावट हुन्छ । मानिसहरु विरोध गर्न, समस्या देखाउन र आश्वासन बाँड्न माहिर छन् । हामी समस्या समाधान गर्न, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न उपस्थित छौँ । अर्गानिक र हाईजेनिक वस्तु हाम्रो पहिलो प्राथमिकता हो । टेलिपोर्ट अन्तर्गत हाम्रो ईमार्टबाट सामान अर्डर गर्नुभयो भने एक किलो दाल, एउटा ग्यास होस् वा एक किलो चिनी, एक जार पानी नै किन नहोस्, घरघरमै निशुल्क डेलिभरी हुने छ । हामीले अरुभन्दा दुई पैसा सस्तो त दिएकैछौँ, त्योभन्दा ठूलो कुरा अर्गानिक र हाईजेनिक दिने कोशिस गरिरहेका छौँ ।

व्यापार त छदैछ, स्तरीया सेवा दिएर समाज, राष्ट्रलाई टेवा पु¥याउने हाम्रो प्रयास हो ।’ जनताले स्वस्थकर आहार विहार गर्न नपाएसम्म देश निर्माण गर्ने शक्ति आर्जन हुन नसक्ने र देश समृद्ध बन्न नसक्ने किरातीले धारणा राखेका छन् । प्रवासी नेपाली लगानी बोर्डका केन्द्रीय अध्यक्षसमेत रहेका किरातीले स्वरोजगारी, उद्यमी बन्दै मुलूक समृद्ध बनाउने अभियानमा जोडिन देशभित्र र देशबाहिर विदेशमा रहेका सबै युवाहरुलाई टेलिपोर्ट कम्पनीको कनेक्ट टिम एप्स ईन्स्टल गर्न वा कम्पनीको ईओ प्रतिनिधीहरुसँग सम्पर्क गर्न आव्हान गरेकाछन् । टेलिपोर्ट कम्पनीकोे सिओओमा लिला सुब्बा छन् । जो साढे दुईदसक लामो ब्रिटिश गोर्खा आर्मीबाट रिटायर भएर वेलायत र नेपालमा पनि लामो समय सम्बन्धित क्षेत्रमा कार्यानुभव बटुलेका छन् । सिईओ किराती लेखन तथा राजनीतिबाहेक आफै विकासले चरम फड्को मारिरहेको देश दक्षिण कोरियाको आईटी, उद्योग र कृषि, प्रविधीको क्षेत्रमा एकदशक लामो ज्ञान, योग्यता र कार्यानुभव बटुलेका व्यक्ति हुन् । एसएमए डाईरेक्टरमा मकर राई, एफए डाईरेक्टरमा दिवस हमाल लगायत ओपी डाईरेक्टर, एसएच डाईरेक्टर, आईटी डाईरेक्टर समेटेर हाल सात सञ्चालक समिति र प्रत्यक्ष, अप्रत्यक्ष एघार सय कार्यकारी अधिकृतहरु र कर्मचारीहरु कम्पनीमा कार्यरत छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *