एड्मण्ड हिलारीले हिमालयन ट्रष्टमार्फत् नेपाल र नेपालीको जीवनभर निरन्तर सेवा गरिरहे ।

 


काठमाडौं, कार्तिक २८ गते ।
सन् १९१९ जुलाई २० का दिन न्यूजिल्याण्डमा जन्मिएका एड्मण्ड हिलारीले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहण गरेपश्चात् संसारभर चर्चित भए । आरोहरण पश्चात् आफ्नो अधिकांश समय नेपाल र नेपालका शेर्पा समुदायका लागि खर्चिए । उनीसँग सगरमाथा चढ्ने नेपाली तेन्जिङ नोर्गे शेर्पाको सन् १९८६ मा निधन भयो । सगरमाथा आरोहण गरेको ४ महिनापछि उनको विवाह सम्पन्न भयो । ३ सन्तानको जन्म भयो । सन् १९७५ मा काठमाडौँबाट फाप्लु उड्दा जहाज दुर्घटना भई श्रीमती र एक छोराको मृत्यु भयो । सन् १९७९ मा दोस्रो विवाह गरे । उनले हिमालयन ट्रष्टमार्फत् नेपाल र नेपालीको निरन्तर सेवा जीवनभर गरे । उनको सगरमाथा आरोहणले विश्वमा सगरमाथा र नेपालको चर्चा परिचर्चा भयो ।

उनी कुशल आरोही मात्र नभई सहासिक यात्री पनि हुन् । हिमाल र शेर्पा समुदायप्रति समर्पित उनी नेपाली जनमानसमा प्रिय छन् । हिलारी किशोरावस्था देखिनै पर्वतारोहरणमा रुची राख्थे । उनले नेपाल, भारत र बङ्गलादेशको राजदूत र उच्चायुक्त जस्ता जिम्मेवारी सम्हाले । लगभग १३ वटा पुस्तक पनि प्रकाशन गरे । शिक्षा, स्वास्थ्य लगायत हिमाली समुदायको विकास र उन्नतिका लागि उनले उल्लेखनीय काम गरेका छन् । उनी हस्ताक्षरित एक हजार दरका एक हजार नोटलाई संसारभर लिलाम बढाबढ गरी बिक्री गरेर संकलन गरेको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरे । उनले २७ स्कुल, २ अस्पताल र १३ क्लिनिक खोली नेपालको शेर्पालगायत हिमाली क्षेत्रका जनतालाई ठूलो गुण लगाएका छन् । उनलाई नेपाल सरकारले सन् २००३ मा मानार्थ नेपाली नागरिकता प्रदान ग¥यो । सन् २००८ को जनवरी ११ मा उनको दुःखद निधन भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *