अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय शक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।

 

काठमाडौं, कार्तिक २३ गते ।
नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई छिमेकी मुलुकहरू चिन र भारत आर्थिक रूपले सम्बृद्ध हुँदै गएकाले नेपालले आफ्नो राष्ट्रिय हित रक्षाका लागि राष्ट्र निर्माण गर्ने अभियान सञ्चालन गर्न जरूरी छ । रोग, भोक र गरिबीले आजित भएका जनताले राष्ट्रियताको आवाज घन्काउन सक्तैनन् । राष्ट्रिय हितको प्राथमिक विषय अन्तर्गत राष्ट्रको सुरक्षा र अस्तित्व पर्दछ । त्यसका लागी राष्ट्रको आर्थिक समुन्नती र राष्ट्रिय शक्तिको बृद्धि गर्ने विषय राष्ट्रिय हितको प्राथमिक विषय हुनुपर्दछ । राष्ट्रको हितको सुरक्षा गर्न आर्थिक र सामरिक शक्तिमा बृद्धि गर्नु पर्दछ । अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय शक्तिको महत्वपूर्ण भूमिका हुन्छ । शक्तिको विकास नगरी राष्ट्रलाई आन्तरिक र बाह्य आक्रमणबाट जोगाउन सकिँदैन ।

मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय हितको संरक्षणलाई गौण बनाई धर्म र नैतिकतालाई प्रधान बनाउँदा राष्ट्रको अखण्डता र सार्वभौमिकता कमजोर हुन्थ्यो । राष्ट्रिय हित राष्ट्रको सम्पुर्ण पक्षको स्वार्थलाई संबोधन गर्ने विषय हो । राष्ट्रिय हितको संरक्षण मार्फत राष्ट्रको आन्तरिक गतिविधिको सही व्यवस्थापन गर्न सहज हुन्छ भने अन्य देशहरूसंग कुटनीतिक पहल अभिवृद्धि गर्न सहयोग पुग्छ । राष्ट्रिय हित सम्बन्धी अवधारणा व्यापक भएकोले यसको निश्चित परिभाषा दिन कठिन हुन्छ । प्रत्येक राष्ट्रको घरेलु तथा वैदेशिक निति राष्ट्रिय हितलाई केन्द्रमा राखेर तयार गरिन्छ । विदेश नितिको निर्धारण गर्दा राष्ट्रिय हित अनुकुल कसरी तर्जुमा गर्ने भन्ने विषय नै प्रत्येक मुलुकको अहम् विषय हो । अर्काे शब्दमा भन्दा राष्ट्रिय हित राष्ट्रियताको दर्शन हो । प्रत्येक राजनीतिक विचारधाराले राष्ट्रिय हित संरक्षणको लागि राजनैतिक दल, नागरिक समाज, आम नागरिक लगायतका सबै तह र तप्काका मानिसहरूमा राष्ट्रवादी मानवको विकास हुनु पर्दछ ।

प्रत्येक राष्ट्रको न्यूनतम आवश्यकता भनेको विदेशी राष्ट्रको आक्रमणको विरूद्ध भौतिक, राजनैतिक तथा साँस्कृतिक पहिचानको रक्षा गर्नु हो । भौतिक पहिचानको रक्षा राष्ट्रको अखण्डतालाई कायम राख्नसँगै छ भने राजनैतिक पहिचानको रक्षा राष्ट्रको राजनैतिक आर्थिक पहिचानसँग सबन्धि हुन्छ । साँस्कृतिक पहिचानको रक्षा मुलुकका आदिवासी, जनजाति, धार्मिक, भाषिक र ऐतिहासिक मूल्य तथा मान्यताको रक्षासँग सम्बन्धित छ । राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक आधार बाल मौलिकता बनाउनुपर्छ । अर्को तर्फ समान राजनैतिक विचारधारा अवलम्बन गर्ने राष्ट्रहरुसँग राष्ट्रिय हितको विषयमा सुमधुर सम्बन्ध कायम गर्नुपर्छ । राष्ट्रको हितको सम्बन्ध राष्ट्रले आर्जन गरेको आर्थिक र सामरिक शक्तिसँग जोडिएको हुनाले आर्थिक तथा सामरिक क्षमताको विकास गर्नु पर्दछ । अर्को महत्वपूर्ण आकार भनेको सांस्कृतिक सामिप्यता हो मानिसलाई उसको भाषा धर्म, संस्कार र संस्कृतिको आपसमा निकट बनाउने भएकोले साँस्कृतिक रुपमा सम्मान भएका राष्ट्रहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्दछ ।

राष्ट्रिय हित प्रबर्धनका लागि कुटनैतिक क्षमताको महत्वपूर्ण भूमिका हुन्छ । कुटनैतिक क्षमता भन्नाले एक राष्ट्रले, अन्य राष्ट्रहरुसँग नीति, नियम, परम्परा र छलफलद्धारा आफ्नो राष्ट्रको हित संरक्षण गर्ने क्षमता हो । विदेश स्थित राजदूतावास, कुटनैतिक नियोग र विभिन्न कार्यालयहरु मार्फत संबन्धि राष्ट्रसँग द्धिपक्षीय तथा बहुपक्षीय संम्बन्ध विस्तार गर्ने विषय नै कुटनिति हो । कुटनीतिज्ञ मार्फत कुटनीति सञ्चाल गरिने हुँदा कुटनीतिज्ञ सरकारको हातखुट्टा अथवा आँखा कान हो । वर्तमान विश्व परिवेश भुमण्डलीकृत गतिविधिमा संचालित हुन थालेकाले समान विचारधारा तथा दृष्टिकोण भएका दुई वा दुईभन्दा बढी राष्ट्रहरुको बीच साझा स्वर्थको आधारमा राष्ट्रिय हितको प्रर्वधन र संरक्षण गर्न सहमतिका आधारमा गठबन्धन कायम हुनुपर्छ । यसो भएमा सामूहिक स्वर्थ र चासोको विकाश भई राष्ट्रको सुरक्षा कायम गर्न सहज हुन्छ । वर्तमान अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्न राष्ट्रिय गर्न राष्ट्रिय सवलमा राष्ट्रले उठाउने विषय महत्वपूर्ण छ । त्यसैले प्रत्येक राष्ट्र आफ्नो राष्ट्रिय हित प्रतिकुलका सन्धि तथा संझौताहरुको विरुद्धमा व्यापक आवज उठाउनुपर्छ । अर्का तर्फ मनोवैज्ञानिक तथा राजनैतिक कुटनिति मार्फत पनि राष्ट्रको हित संरक्षण गर्न सकिन्छ ।

राष्ट्रिय सुरक्षाको एक प्रमुख दुस्मन साम्राज्यवाद हो । उसले आफ्नो सैनिक शक्ति वा अन्य शक्तिको प्रयोगद्धारा अन्य राष्ट्रहरुमा प्रभाव र प्रभुत्व कायम गर्छ । परिणामत उसले भूमि, पूँजी, उद्योग र व्यापारमा नियन्त्रण कायम गर्छ । अर्कोतर्फ शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि हस्ताक्षर गरी प्रत्यक्ष शासन गरी उपनिवेश कायम गर्छ । यसरी साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध राष्ट्रिय जागरणको विकास गर्नु अनिवार्य हुन्छ । राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी सरकारको मात्र नभई प्रत्येक नागरिक हो । नेपाल सरकार जनता प्रति हदैसम्म उत्तरदायी र जिम्मेवार भई भ्रष्टचार, अभाव बेरोजगारी र गरिबीको अन्य गरि आम जनतालाई एकताको सूत्रमा बाधेर राष्ट्रिय सम्बन्धी जागरण फैलाउनु पर्छ । देशको सार्वभौम सत्ता र अखण्डतामा असर पर्ने गरी जात, जाति, भाषा, धर्म र सम्प्रदायका बीच सुमधुर सम्बन्ध कायम गराउनु सक्नुपर्छ । नेपालको सन्दर्भमा राष्ट्रिय हितको संरक्षण अति महत्वपूर्ण छ । राजनैतिक दलहरुको अपरिपक्क व्यवहार, कुटनीतिज्ञहरुको कमजोर कुटनीति आदि जस्ता कमी कमजोरीहरुको अन्त्य गरी मुलुकलाई स्वाधिन, स्वतन्त्र, अखण्ड र सार्वभौम बनाइ राख्नु आजको महत्वपूर्ण सवाल ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *