मुसोलिनीले इटालीका जनतालाई आफ्ना पुर्खाहरूको विशाल रोमन साम्राज्यको सपना बाँडे ।

 

काठमाडौं, कार्तिक २३ गते ।
सन् १९२४ मा षड्यन्त्र गरेर इटालीको सत्ता कब्जा गरेका बेनिटो मुसोलिनीले छोटो समयमा सारा शक्ति आफ्नो हातमा लिएर तानाशाह बने । उनको यो काम हिटलरले खुब मन पराए । सुरुमा हिटलरले उनलाई गुरु माने । मुसोलिनीले इटालीका जनतालाई आफ्ना पुर्खाहरूको विशाल रोमन साम्राज्यको सपना बाँडे । अफ्रिकाको एकएक राज्य कब्जा गरे । सन् १९३५ मा इथोपिया कब्जा गरे, १९३६ मा स्पेनी तानाशाह फ्रेङ्कोको सहायताका लागि अपरेसन सञ्चालन गरे । फासीवादी शक्तिहरूका बीचमा हिटलर र मुसोलिनीमध्ये को नायक बन्छन् भन्ने विषयमा लामो बहस समेत भयो । मुसोलिनीले इटालीको औद्योगीकरणका लागि कहिल्यै ध्यान दिएका कारण उनको शक्ति कमजोर हुन पुग्यो । उनको क्रुरता र अत्याचार हिटलरको भन्दा रत्तिभर कम थिएन ।

चरित्रहीनताका दृष्टिकोणले पनि उनी हिटलरभन्दा निकै अघि थिए । मुसोलिनीका ज्वाइँ काउन्ट चियानोको प्राप्त डायरीअनुसार मुसोलिनी घटियास्तरका चरित्रहीन व्यक्ति थिए । आफ्नो जीवनको अन्तिम दिनसम्म उनी अनगिन्ती रखैलहरूसँग बाँचे र मर्दा पनि क्लारा नामक रखैलसँग मरे । सन् १९४० मा इटालीले ग्रीसमाथि गरेको आक्रमण र लज्जास्पद हारले हिटलरलाई पनि लाजले पानी–पानी बनायो । युद्धकै क्रममा भएको मुसोलिनीको गिरफ्तारी र हिटलरले उनलाई त्यसबाट छुटाएपछि उनी पूर्ण रूपमा शक्तिविहीन हुन पुगे । मित्रराष्ट्रहरूसँग उनले सम्मानजनक सम्झौता गर्ने प्रयास गरे तर हिटलरको डरले उनले त्यसो गर्न सकेनन् । सन् १९४५ को अप्रिलमा उनी आफ्नी चर्चित रखैल क्लारा पिताचीसहित इटालीको मुक्तिसेनाद्वारा पक्राउ परे । उनलाई मिलानको चौबाटोमा फाँसी दिइयो । यसरी इटालीको मुक्तिसेनाले इटालीका कुख्यात तानाशाहको अन्त्य गरिदियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *