लोकतान्त्रिक राजनीतिक प्रणाली र व्यवहार प्रयोग गरोस् वा नगरोस् सबैले लोकतन्त्र नै भन्ने गर्छन् ।

 

काठमाडौं, कार्तिक २० गते ।

विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् । त्यही लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन् । अधिनायकवादीहरुले पनि लोकतन्त्रकै कुरा गरे । कम्युनिष्ट तानाशाहरुले पनि लोकतन्त्रकै कुरा गaरे र गरिरहेका छन् । दलाल नोकरशाही पुँजीपतिहरुले पनि लोकतन्त्रकै कुरा गर्छन् । कतिपयले जनवादी लोकतन्त्र भन्छन् । कतिपयले व्यक्ति प्रधान लोकतन्त्र भन्छन् । कतिपयले समाजवादी लोकतन्त्र भन्छन् । कतिपयले प्रजातन्त्र भन्छन् । अंग्रेजीमा डेमोक्रेसी भनिने शब्दलाई आफू अनुकूल ब्याख्या गरेको पाइन्छ । सच्चा लोकतन्त्रवादी होस् वा नहोस् लोकतान्त्रिक व्यवहार गरोस् वा नगरोस् । लोकतान्त्रिक राजनीतिक प्रणाली स्वीकार गरोस् वा नगरोस् सबैले भन्ने लोकतन्त्र नै हो । कतिपय लोकतन्त्र राजा महाराजा वा रोयल प्यालेस केन्द्रित देखिन्छन् । कतिपय बुर्जुवा पुँजीपति केन्द्रित देखिन्छन् । कतिपय सर्वहारा वर्गीय देखिन्छन् । जनताको नाम लिने, जनताको कल्याणको कुरा गर्ने तर आफू केन्द्रित राजनीति गर्ने आफ्नो स्वार्थ केन्द्रित राजनीतिका लागि लोकतन्त्र भट्याउने साधन बन्यो ।आज पनि संसारभर लोकतन्त्रकै कुरा गरिन्छ । कुनै पनि राज्य र सरकार लोकतन्त्र विरोधी छु भन्दैन । आफ्नै लोकतन्त्र उन्नत भएको पुष्टि गर्छ । दुनियाँको लोकतन्त्रको अवस्था यस्तै छ । अब जाऔँ नेपालको लोकतन्त्रको बारेमा कुरा गरौँ । राजावादीहरुले पनि राजा सहितको लोकतन्त्र भन्छन् । कम्युनिष्टहरुले सर्वहारा वर्गीय लोकतन्त्र भन्छन् । पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् ।

धर्ममा आधारित, समुदायमा आधारित, क्षेत्रमा आधारित राजनीति गर्नेहरुले पनि आ–आफ्नै ढंगले लोकतन्त्रको कुरा गर्छन् । नेपाल गणतान्त्रिक भएको छ । राजनीतिक उपलब्धीको हिसाबले धेरै उपलब्धी प्राप्त छन् । तर, सामाजिक न्याय छैन । भ्रष्टाचार घटेको छैन । दुराचार घटेको छैन । सामाजिक मनोविज्ञानमा परिवर्तन भएको छैन । कुकर्मको कटौति हुन सकेको छैन । सामाजिक न्याय सहितको लोककल्याणकारी राजनीति स्थापित हुन सकेको छैन । आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयन भएको छैन । समाज झनै अपराधिकरणतर्फ उद्धत छ । राज्य जवाफदेही र लोककल्याणकारी हुन सकेको छैन् । उद्योगी, व्यापारी र सर्बसाधारणमा उन्नत संस्कारको विकास भएको देखिँदैन । त्यसो भए नेपालको लोकतन्त्र कस्तो अवस्थामा छ ? नेपालको लोकतन्त्र संघीय लोकतान्त्रिक हो । संघीयतामा आधारित लोकतन्त्र हो । अब यो लोकतन्त्रलाई नेपालको विशिष्टताको आधारमा पुर्नपरिभाषित र पुनर्माजित गरिनुपर्छ । त्यसको लागि नेपालको मानवीय भूगोललाई आधार बनाएर राज्यको पुनर्र्सरचना गर्नुपर्छ । त्यसैको आधारमा लोकतन्त्रलाई समानुपातिक समावेशिकरण गरिनुपर्छ । त्यसो भएमा व्यक्ति, समुदाय र राष्ट्रको एकैसाथ उन्नयन गर्न सक्ने लोकतन्त्र स्थापित हुन्छ । त्यो लोकतन्त्र नेपाली मौलिकतामा आधारित हुन्छ । नेपालको लोकतान्त्रिक बहसलाई समावेशीकरणको आँखाबाट लैजानु पर्छ । त्यसो भएमा नेपालको लोकतन्त्र लिकमा आउँछ । समृद्ध नेपाल निर्माणको आधार बन्छ । विद्यमान लोकतन्त्रमा मौलकताको अभाव छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *