माइकल ज्याक्सनले अनौठा र साहसिक व्यक्तिहरुलाई आफ्नो लक्ष्य प्राप्तिको प्रेरणा श्रोत बनाउँथे ।

 

काठमाडौं, कार्तिक २० गते ।
संयुक्त राज्य अमेरिकाको ‘शान्ता बारबरा’ भन्ने ठाउँमा स्थायी घर भएका एक विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनलाई ‘किङ अफ द पप’ भनेर पनि चिनिन्छ । पश्चिमी जगतका यी सुप्रसिद्ध पप गायक अत्यन्तै क्रेज भएका कलाकार हुन् । ‘आई विल वि देयर’ नामक गीति एल्बम १३ वर्षको कलिलो उमेरमै निकालेर उनले आफूलाई हुने बिरुवाको चिल्लो पातको रुपमा परिचित गराए । सन् १९८२ मा ‘थ्रिलर’ नामक एल्बम निकालेपछि उनी विश्वभरी नै लोकप्रिय भए । सन् १९९१ मा निकालेको अर्को गीति एल्बम, ‘डेन्जरस’ ले उनलाई करोडौं अमेरिकी डलर फाइदा भयो । बाबुआमाको सातौं सन्तानको रुपमा जन्मेका माइकलले आफूलाई सफल बनाउन पप संगितको क्षेत्रमा कठोर परिश्रम गरे । अनौठा र साहसिक व्यक्तिहरुलाई आफ्नो लक्ष्य प्राप्तिको प्रेरणा श्रोत बनाउने उनी नाम र दामका अत्याधिक धनी भए । अमेरिकी भूतपूर्व राष्ट्रपति रोनाल्ड रेगनलाई उनी औधी मन पराउँथे । लाखौं फ्यान र शुभचिन्तक भएका यी पप स्टारले पप संगितलाई अभूतपूर्व योगदान पु¥याएका छन् ।

उनले प्रस्तुत गर्ने ‘लाइभ कन्सर्ट’ मा हजारौं फ्यानहरुसँगै उत्तेजित हुँदा कतिपय त मुर्छित समेत हुने भएकाले उनको ‘लाइभ कन्सर्ट’ मा एम्बुलेन्स र सुरक्षाकर्मीको तैनाथ गर्नुपथ्र्यो । अत्यन्तै चर्चित भएकै कारण उनलाई आफ्नो गीति एल्बमबाट २२ प्रतिशत सम्म रोयल्टी दिइन्थ्यो । सामान्यतः रोयल्टीको दर १५ प्रतिशतको ठाउँमा २२ प्रतिशत प्रदान गर्नु भनेको ठूलो कुरा हो । उनको पहिलो विवाह लिसा मेरी प्रिस्लेसँग भयो भने पारपाचुके पश्चात् दोस्रो विवाह डेवी रोवेसँग भयो । सन् २००३ मा बाल यौन दुराचारको अभियोग लागेका कारण उनी विवादित पनि बने । विवादित बनेपछि उनले आत्मकथा लेखिएको एउटा पुस्तक समेत प्रकाशित गरेका छन् । जीवन आरोह र अवरोहको मिश्रण भएकाले प्रत्येक मानिस त्यसबाट मुक्त हुन सक्दैन । माइकल ज्याक्सन पनि त्यसभन्दा माथि जान सकेनन् । उनको मृत्यु सन् २००९ मा भयो । उनको अभूतपूर्व प्रस्तुतीको सम्मान नै उनी प्रतिको सम्मान हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *