सल्यानका किसानहरुले टिमुर, रिठ्ठा, तेजपात, दालचिनी, घोडताप्रे जस्ता बहुमूल्य जडिबुटी उत्पादन गर्दै ।

काठमाडौं, असोज २९ गते ।
सल्यानका किसानहरु टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडताप्रे लगायतका बहुमूल्य जडिबुटी उत्पादनमा केन्द्रित हुन थालेका छन् । किसानहरु जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको छ । जिल्लामा सबैभन्दा बढी टिमुर उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय सल्यानका अनुसार गतवर्ष ९५ हजार किलो टिमुर उत्पादन भएको थियो । लगभग २ लाख किलो रिठ्ठा उत्पादन भएको थियो । घोडताप्रे पन्ध्र सय किलो उत्पादन भएको थियो ।

दालचिनीको बोक्रा ५ सय किलो उत्पादन भएको थियो । पाखनवेद ८ हजार किलो उत्पादन गरिएको थियो । त्यसैगरी चुक्राको बोक्रा, तेजपात, बज्रदन्त, गोकुलधुप पनि उत्पादन हुने गरेको छ । गतवर्ष करिब १६ करोडको टिमुरमात्रै निकासी गरिएको थियो । विगतमा घरायसी प्रयोजनका लागि टिमुर उत्पादन हुने गरेकोमा हाल बिक्रीका लागि उत्पादन हुने गरेको छ । जिल्लाका सामुदायिक वनमा पाइने टिमुर पछिल्ला दिनमा कृषकले आफ्नो खेतबारीमा लगाउन थालेका छन् । टिमुरले राम्रो बजार पाएकाले कृषक झनै टिमुर खेतीतर्फ हौसएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *