पुरोहितवाद सामाजिक जीवनको हरेक क्षेत्रमा धर्म वा धार्मिक संगठनको आधिपत्य हुने दृष्टिकोण हो ।

 


–परिवर्तन भट्टराई (कृति)
पुरोहितवाद भनेको पुरोहित मान्यताको वा ग्राह्यताको प्रधानता भएको दृष्टिकोण हो । अर्थात् यो धार्मिक वा अध्यात्मवादी अवधारणा हो । यसले कर्मकाण्डीय पद्धतिलाई विशेष महत्व दिन्छ । सामाजिक जीवनको हरेक क्षेत्रमा धर्म वा चर्चको अधिपत्य हुनुपर्ने दृष्टिकोण हो । धार्मिक मूल्यमान्यतालाई केन्द्रीय भागमा राखेर समाजलाई निर्देशित गरी सञ्चालन गर्ने दृष्टिकोण नै पुरोहितवाद हो । समाजका हरेक क्षेत्रलाई धर्मको नियन्त्रणमा राख्न खोज्नु पुरोहितवाद हो । यसको वर्गीय दृष्टिकोण पुँजीवाद हुन्छ । चेतनागत रुपमा धर्म शासित हुन्छ । कर्मकाण्डीय जीवन प्रणाली हुन्छ । यसले सामाजिक जीवनका शाश्वत् मूल्य प्रणालीलाई स्वीकार गर्दैन ।

समाजको सर्वहारावर्ग, श्रमजीवि वर्ग, स्वशासित र उत्पीडित वर्गको कल्याण विपरीत दृष्टिकोण राख्दछ । यूरोपको सन्दर्भमा जर्मनी, इटाली, स्पेन, लगायतका देशहरुमा पुरोहितवादी दृष्टिकोण अझै कायम छ । भारत नेपालमा समाज सुधारका लागि पुरोहितवादले अवरोध खडा गरेको छ । यसले मान्छेलाई कर्मकाण्डीय बनाउँछ । उचनीच गरेर समाजमा विभेद पैदा गर्दछ । मान्छे मान्छेबीचमा समदूरी र समभावको विकास हुन दिँदैन । ठूलो सानो उचनीच गराउँछ । वर्णाश्रम व्यवस्था पुरोहितवादको एक नमुना हो । यसले आफ्नो पकड बढाउन र विस्तार गर्न धार्मिक संघसस्थामार्फत् गतिविधि गर्दछ । धर्मको प्रचार गर्दछ । मान्छेलाई कर्मकाण्ड गर्न प्ररित गर्दछ । पुर्वजन्म र पुनजनर््मको जालमा फसाउँछ । नेपालमा पुरोहितवाद समाजका हरेक क्षेत्रमा कायम छ । यो नेपाली समाजको रुपान्तरणको लागि बाधक बनेको छ ।
काठमाडौं, असोज २७ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *