नेपालमा विकास र समृद्धिका लागि सोच्छ निर्वाचन प्रणालीको आवश्यकता छ ।

राम कुमार पुरी
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी, नेपाल ।

नेपालमा अहिले भैरहेको अस्तव्यस्त र अव्यवस्थित राज्य दोहनको आडमा भैरहेको राजनीति बजारिकरण, बैदेशिक रोजगारबाट आएको रेमिट्यान्स र जनताबाट उठेको कर तथा थाप्लो थापेको ऋणमाथि राजनीतिको नाममा यी भुक्काहरुको खुलेआम रजाइँ रोक्न जरुरी छ । बिभिन्न पार्टी संघ संस्था र स्वयम् राज्य संचालनको अधिकार पाएकाहरुले इतिहास देखि वर्तमानसम्म राज्य संचालन देश विकासमा होइन, मनोमानी ढंगबाट राज्य दोहनमै समय खर्च गरेको पाइन्छ । कयौं नेपालीहरुको बलिदानीपूर्ण संघर्षबाट आर्जित र संरक्षित राज्यमा र गरिब नेपालीहरुको रगत र पसिनामाथिको यो व्यभिचारी तथा अत्याचारी नाङ्गो नाच कहिलेसम्म रहने ? कहिलेसम्म नेपाली जनताले सहने ? पछिल्लो समयमा लोकतन्त्रको नाममा नदिनाला, जमिन, जंगल, उद्योग कलकारखाना, सम्पदा, खनिज, जडिबुटी लगायतका नेपालीहरुको स्वाभिमान समेत बेचेर कुम्ल्याउन पल्केकाहरुले सबैखाले संरचनाहरु धोस्त पारिरहेका छन ।


अरबौँ अरब खर्च गरेर बनाएको संविधानलाई समेत महत्व नदिएर (लाटाको कपडा बराबर) मनोमानी ढङ्गले देश लुट्ने र आफुले डकारेर उभ्रिएकोले कार्यकर्ता र कृयाशिलताको नाममा झोले, झ्याम्टे, सुकुलगुन्डा र लठैतरुलाई बाँड्ने र भोज भतेर लगाउने काम भैरहेको छ ।
फेरि पनि राज्य दोहनको सम्पतिले पार्टीबाट टिकट किनेर यिनै राज्य दोहनमा माहिर र गरिब नेपालीहरुलाई उठ्न समेत नदिने पेलाहा र फटाहाहरु नेपाल आमाको अस्तित्व माथी खेलबाडमा पल्केका दलबहादुरहरु नै चुनावमा जाने हुन् । दुई टुक्रा मासु र एक गिलास ठ¥रा देखि प्रतिभोट लाखौँ खर्च साथै नानाथरी टिकडम गरि जितेको नाममा राज्य दोहन गर्न फर्किने हुन । राज्य दोहनबाटै ब्याज देखि स्याज समेत असुल्ने हुन् । देश विकाु र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कर्यकारी प्रमुख अति आवस्यक भएको सर्बबिधितै छ । जबसम्म राजनीतिक पार्टीबाट पहुँच र पैसाको बलमा टिकट पाउने चलनको अन्त्य र , प्रत्यक्ष किनबेच भोज भत्तेर लोभ लाल्सा देखाएर ठगीले मात्र नभै, गुटुपगुट्को धाकधम्की समेतको चपेटामा जनता सँधै परिरहने परिपाटीको अन्त्य हुदैन । साथै जबसम्म निर्वाचनमा सुन्य आर्थिक चलखेल र पुर्ण समानुपातिक निर्बाचन प्रणालीको विकास साथै डिजिटल प्रबिधिको माध्यमबाट मात्र चुनाव प्रचार प्रसार गर्नपाउने, सो प्राविधिबाटै सोतस्फुर्त भोट दिन पाउने प्रणालीको बिकास हुँदैन, तबसम्म सोच्छ निर्बाचन हुदैन ।


जबसम्म स्वछ निर्बाचन हुदैन, तबसम्म देशकोलागि आबश्यक जेहेन्दार क्षमतावान, इमान्दार ब्यक्तीले टिकट पाउनै सकदैन, चुनावमा जानै पाउदैन, जित्नेको त कुरै भएन । जसको परिणाम हामिले आहिले पनि भोगिरहेकै छौँ, कयौं विकासप्रेमी र देश विकासको योजना बनाई देशलाई समृद्ध बनाउन सक्ने क्षमता भएका नेताहरू पछि पारिने, असक्त रोगी, हठी, सन्की, गफाडी, टिकडमी, सुन्य भिजन भएको अदुरदर्शी घमन्डी र भ्रष्टाचारी ब्यतित्वहरु नेता बनेर नेतृत्वमा पुग्ने र देशदोहन गर्ने, जनताको न्युन्तम आधारभुत आबस्यकता समेतको वास्ता नगरी, जनतालाई दुख दिने, परिवर्तित समयको माग, राष्ट्रिय, अन्तरास्ट्रिय बिकाशक्रमको ज्ञान्, केही नभएकोले पैसाको भरमा बहुमत बनाएर, बहुमतको आडमा नेता बनेर, देश डुबाएको हामिले झल्झल्ति देखिरहेकै छौँ । यी र यस्ता प्रवृत्तिलाई अबपनि रोक्न नसके नेपाल र हामी नेपालीलाई यिनिहरुले धेरै पछाडी धकेल्ने छन । यसकारण हामी प्रत्येक नेपाली सजक र विशेष गरी राजनीतिक रुपमा सचेत हुन जरुरी छ ।
काठमाडौं, असोज १९ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *