स्वास्थ्य विज्ञहरुका अनुसार चिनी स्वास्थ्यका लागि हानिकारक हो भने सख्खर स्वास्थ्यवर्धक हुन्छ ।

 

काठमाडौं, भदौ २६ गते ।
मान्छेको दैनिक जीवनमा चियादेखि कफीसम्म सेतो चिनीको धेरै प्रयोग हुने गर्छ । चिनीलाई मान्छेको दैनिकीको अभिन्न अंगको रुपमा प्रयोग गरिन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार चिनी स्वास्थ्यका लागि हानिकारक रहेको छ । विभिन्न अध्ययनहरुले पुष्टि गरेको उनीहरुको दाबी रहेको छ । प्रशोधित चिनीको सट्टामा सख्खरको प्रयोगलाई स्वस्थवर्धक मानिन्छ । विगत लामो समयदेखि सख्खर र चिनीमध्ये सख्खरलाई फाइदाजनक विकल्पको रूपमा मान्यता दिइँदै आएको छ । सख्खर स्वास्थ्यका लागि फाइदाजनक खाद्य वस्तु हो । यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट राहतसमेत प्रदान गर्छ । सख्खरको प्रयोग सीमित मात्रामा गर्नुपर्ने विज्ञ सुझाउँछन् । चिनीको सट्टामा सख्खर चयन गर्नु राम्रो विकल्प हो । सख्खर खाँदा शरीरले विभिन्न पोषक तत्त्व प्राप्त गर्छ ।

चिनी बनाउने प्रक्रियामा मोलेसिस नामको ‘बाई प्रोडक्ट’ लाई हटाइन्छ । सख्खरमा भने मोलेसिस नामक तत्व भएका कारण थप पौष्टिक बन्ने गर्छ । सख्खर भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । प्रशोधित सेतो चिनीमा क्यालोरी मात्रै पाइन्छ । यसमा भिटामिन, मिनरल, प्रोटिन, फ्याट, फाइबर वा अन्य लाभकारी यौगिक तत्व केही पनि पाइँदैन । प्रशोधित चिनीले प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्छ । चिनीको नियमित प्रयोगले रोगले छिट्टै गाँज्ने सम्भावना हुन्छ । शरीरको रोगमुक्त गर्ने क्षमतामा पनि ह्रास आउँछ । चिनी निकै राम्रो ‘इम्युनिटी बुस्टर’ हो । यसको सेवनले खोकी, रुघालगायतका रोगबाट बचाउँछ । सख्खरको सेवनले पाचन प्रणालीलाई स्वस्थ बनाउँछ । रक्तअल्पत्ताको रोकथाम हुनुका साथै यसले कलेजोको डिटक्सिफिकेशन र उत्कृष्ट प्रतिरक्षा कार्यमा सुधार गर्ने गर्छ । चिनीले मोटोपना, टाइप–२ मधुमेह, हृदयरोग, डिप्रेशन, डिमेन्सिया, कलेजोसम्बन्धी रोग र क्यान्सरसमेत हुने खतरा हुन्छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *