काठमाडौं, भदौ १६ गते ।
नेपालको भुपु प्रधानमन्त्री (७१ बर्षको उमेरमा) भारतको सुबिधासम्पन्न अस्पतालमा नेपाली जनताबाट उठेको कर र थाप्लो थापेको ऋणको सहयोग पाएर नयाँ मिर्गौला प्रत्यारोपण गरी फर्किएर बर्तमान प्रम र निवर्तमान प्रमलाई धन्यबाद दिनुभयो रे । ऋण बोक्ने र कर तिर्ने जनतालाइ ? हुनत उहाँलाई जनताले के नै दिएको छ र आहिलेसम्म ?? सर्प पाल्न ७५ करोड ? पनि स्व–घोसित नेल्सन मन्डेला ओलीबाटै पाएका हुन, (१४ बर्ष जेल बस्ता कमाएको) बिचरा पाइ पाइ जोडेर राखिदिएको झलनाथलाई नै दिने भनेर । प्रम त जनताले बनाएर बन्ने भए पो नेपालमा, भोट भनेको मात्र चुनावमा मुर्खहरुले खसाएका न हुन, स्व–घोषित मन्डेलाको त कुरै भएन उहाँको गृहजिल्लामा मनाएको एक जन्मदिनमा भएको खर्च समान्य नेपालीको परिवारलाई दुई पुस्तासम्म जिबिकोपार्जनको लागि पुग्थ्यो । राज्य दोहनको समेत जोड्ने हो भने त एउटा क्षत्र नै समृद्ध हुन्थ्यो । उपचारमा लागेको खर्चको त कुरै नगरौँ । प्रश्न ब्यक्तिसँग र कुरा ब्यक्तिको बिल्कुलै हैन, पँहुच र प्रबृति तथा राज्य दोहन ब्यबस्थापनको हो ।
बाउले कमाएर राखिदिए जस्तो बांँढ्ने र ससुरालीबाट आएजस्तो लिनेको हो । के कति उचित अनुचित इतिहासले मुल्यांकन गर्ला सायद ? तर बिचरा गरिब र असहायको संघर्ष ? मर्न पनि संघर्ष नै गर्नुपर्ने ? धेरै–धेरै नेपालीहरु राज्यले बोकाएको ऋण बोकेर मर्न संघर्ष गरिरहेकै छन् । कहिलेसम्म ?? यिनै अभाबग्रस्त मध्यको एक चेलीको यथार्थ यस्तो छ । खोटाङ्ग जिल्ला ऐसेलुखर्क गाँउपालिका –२ बादेलको डम्बर कुमारी पुरी धेरै र सबैखाले आभाबको बाबजुद पनि संघर्षकै भरमा ब्याचलरसम्म अध्ययन गर्नु भयो । आफ्नो र परिवारको ऋण तिर्न र बाबा आमाको गुन फर्काउन सक्छु कि भनी कहाँमात्र र के मात्र खोजी गर्नु भएन उहाँले । लोकसेवा आयोग खुल्यो रे भनेको सुन्ने बित्तिकै नेपालको जुनै कुनामा पनि पुग्नुभयो । अस्थायी र करारमा काम पाइन्छ रे भन्दा बितिकै दौडिनु हुन्थ्यो । कँही कतै काम पाइहाले र सेवारत भैहाले पनि केही समय काम गरेपछि माथिल्लो स्तरकोले, आफुलाई वा आफ्नो स्वार्थलाई पुरागर्न, उहाँको करार खाइदिन्थ्यो ।
नेपालको सिद्धान्त ठुलोले सानोलाइ खान े। उहाँमाथि धेरै पटक लागु हुन्थ्यो र भयो । तर उहाँको दौड्भने अनबरत जारिनै थियो । धेरै संघर्ष गरेर पढेको जागिर नपाँउदाको पिर, लोकसेवामा पहुँच नहुँदा पटक पटक फालिएको पिँडा, पाएको करारहरु खोसिँदाको पिँडा, पढेरपनि जागिर खान नसक्ने भनेर घरपरिवार र नजिककाहरुले उल्याएको र अपहेलित भएको अन्तहिन दुखान्त थिए । धेरै पिँडाको बाबजुद पनि संघर्षरत रहँदा रहँदै कहिले कहिले प्रेसर (उच्च रक्तचाप ) को दवाबले दुबै मिर्गौला काम नलाग्ने भैसकेछ । तर उहाँ सबैकुरा र आभाव पुरागर्ने आसै आसमा निरन्तर दौडिरहनुभयो, जब उहाँको पाइलाहरु चल्न छाडे बल्ल बिरामी भएको महसुस भयो । सम्झँदा पनि मुटु … ? सायद जिवनमा शरीरको बारेमा सोच्ने फुर्सद भएर त हैन, बाध्य भएर, अस्पतालमा पुग्नुभएछ । सबैखाले आभाबसँग लड्दै हुनुहुन्छ । अस्पतालको बेड्मा, के उहाँ जस्तो अभाबग्रस्त यो देशको नागरिक हैन ? के उहाँले गरेको संघर्ष हैन ? अति बिकट कुरिमाजतो जंगलबिचमा कोही जान नमान्ने ठाँउमा करारमा शिक्षक भएर पढाउनुभयो ।
डम्बर कुमारीले पनि धेरै संघ संस्था र पार्टी समेतमा आवद्ध भएर काम गरिसक्नु भएको छ । के झलनाथज्यू यो उमेरमा राज्यको सहयोग लिएर मिर्गौला प्रत्यारोपण गर्न पाउने ? उहाँ किसोरीमै मर्नुपर्ने ? झलनाथज्युसँग आफ्नै खर्चले उपचार गर्ने हैँसियत छैन ? के पहुँच भएकाले राज्यको ढुकुटी जसरी रित्याउदा पनि हुने तर गरिबले ऋणशान्ति पनि नपाउन ?? झलनाथज्यू जनता र राज्यको दोहन गरी विभिन्न संघ र संस्थाको नाममा थनक्यायएको पैसा डम्बर कुमारी जस्तो गरिब बचाउनमा लगाउनुस । बरु ऋणशान्ति किन नहोस । अनि मात्रै इतिहासमा तपाइँहरुको नाम राम्रोमा लेखिन्छ । र झलनाथज्यू जस्तो पहुँचवालालाई हैन सहयोग डम्बर कुमारी जस्तो अभाबग्रस्त युबा र किशोर किशोरीहरुको लागि आवस्यक छ । यी यस्ता किशोर किशोरीहरुले उपचार नपाएर अकाल मृत्यु बरण गर्नु नपरोस । राज्यको ध्यान जावस र राज्यले जनताप्रतिको दाइत्वबोध गरोस । साथै हामी सबै देश बिदेशमा रहेका आफन्तजन चिनजान साथीभाई लगायत थाहा पाउने सबै डम्बर कुमारी बचाउ अभियानमा लाग्न बिनम्र अपिल गर्दछु ।