विश्व चर्चित नेभिगेटर तथा इक्स्प्लोरर क्रिष्टोफर कोलम्बस इन्डिया जाँदा इन्डिज पुगेका थिए ।

 

काठमाडौं, भदौ १२ गते ।
क्रिष्टोफर कोलम्बस एक नेभिगेटर तथा इक्स्प्लोरर हुन् । उनी इटालीका नागरिक हुन् । उनी भइज् अर्थात् समुद्री यात्री हुन् । उनले एट्लान्टिक ओसन (महासागर) पार गरेर अमेरिका पत्ता लगाएका थिए । स्पेनको झण्डा बोकेर अमेरिका पुगेका थिए । विशाल महासागरको दुरी पार गरेर अमेरिका पत्ता लगाएको भन्दै उनको सहासको प्रशंसा विश्वभर गरिएको छ । कतिपयले कोलोनाइजेशन गर्न उनी त्यहाँ पुगेको आरोप पनि लगाउने गरेका छन् । स्थानीय अमेरिकीहरुमाथिको उत्पीडनको कारक भएको भन्दै उनको विरोध पनि गरिन्छ । कोलम्बसको जन्म सन् १४५१ मा इटालीको सिपोर्ट (बन्दरगाह) जेनाओ भन्ने ठाउँमा भएको थियो । उनको मृत्यु सन् १५०६ मा स्पेनको भल्लाडोलिड भन्ने ठाउँमा भएको थियो । अन्वेषक कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए । सान्टा मारिया नामको समुद्री जहाजबाट यात्रा गरेर अमेरिका पुगेका थिए ।

हालको महाशक्ति देश यूएसए (अमेरिका) भने पुगेका थिएनन् । क्यारेबियन एक देश ‘द बहामास’ पुगेको थिए । ‘द बहामास’ नामको देश आर्किपेलागो (टापुहरुको समूह) देश हो । यो देश मेक्सिको गल्फमा पर्छ । यो क्युबा, हाइटी र डोमिनिकन रिपब्लिक जस्ता देशहरुको छिमेकी देशहरु हो । पन्ध्रौँ र सोह्रौँ शताब्दीमा युरोपियनहरुले सुदूर पूर्वका देशहरुमा पुग्ने नयाँ रुटको खोजी गर्दै थिए । सुदूर पूर्वका भारत, चीन र जापान जस्ता देशहरुमा पुग्ने छोटो समुद्री रुट पत्ता लगाउने यात्रामा कोलम्बस अमेरिका पुगेका थिए । १० हप्ताको एटलान्टिक ओसनको यात्रापछि ‘द बहामास; नाम गरेको देशको ‘रोड्रिगो बर्नाजो’ भन्ने टापु पुगे । उनले सोही टापुलाई इन्डिया (भारत) ठाने । तर त्यो त ‘रोड्रिगो बर्नाजो’ थियो । त्यस टापुलाई कोलम्बसले इन्डिज (साना जनसांख्यिक समूह) भन्ने नामाकारण गरे । त्यसैगरी उनको दोस्रो ठूलो यात्रा जापान तर्फ थियो । उक्त यात्राको क्रममा क्युबा पुगेका थिए । उनी विश्व चर्चित नेभिगेटर हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *