‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले फ्लोरेन्स नाइटिङ्गेल विश्व चर्चित ।

 

काठमाडौं, भदौ ११ गते ।
फ्लोरेन्स नाइटिङ्गेल ‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले विश्व चर्चित समाजसेवी महिला हुन् । उनको जन्म एक सम्पन्न बेलायती परिवारमा सन् १८२० मे १२ मा इटलीको फ्लोरेन्स सहरमा भएको थियो । उनलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । नाइटिङ्गेल दया र सेवाकी प्रतिमूर्तिको रुपमा विश्व चर्चित महिला हुन् । उनका आमाबाबुले उनको नाम उनी जन्मेको सहरको नाममा राखेका थिए । उच्च घरनाकी भएतापनि दिनदुखीहरुको सेवामा आफूलाई समर्पित गरिन् । सन् १८४४ मा चिकित्सा सेवा सुधारको कार्यक्रम ल्याइन् । परिवारले विरोध गर्दा पनि अभावग्रस्तहरुको सेवाका लागि सन् १८४५ मा व्रत लिइन् । नर्सिङको अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्सको क्षेत्रमा पनि योगदान गरिन ।

क्रिमिया युद्धमा सबैभन्दा महत्वपूर्ण योगदान गरिन । सन् १८५४ मा ३८ जना महिलाहरुको टीम बनाएर घाइतेहरुको सेवा गर्न टर्की पठाइन् । उक्त समयमा गरेको योगदानका कारण उनलाई ‘द लेडी विद द ल्याम्प’ नामको उपाधीले सम्मान गरिएको थियो । घाइते, दुःखी र रोगीहरुको सेवा गरेकै कारण उनी विश्व चर्चित भइन् । उच्च घरानीयाहरुका लागि नर्सिङ सेवा बर्जित थियो । किनकि उनीहरुले नर्सिङ गर्नुलाई निच कर्म ठान्थे । त्यो सोचलाई उनले तोडेकी थिइन । नाइटिङ्गेलले उक्त पुरातनवादी सोचलाई तोडेर नयाँ युगको शुरुवात गरेकी थिइन् । आफ्ना कोही स्याहार्ने नभएकाहरुको सेवा गर्थिन् ।

बिरामीको उपचार गर्ने चिकित्सकहरु घर फर्किसक्दा पनि उनी भने बिरामीको सेवामा तल्लिन हुन्थिन । रातभर लालटिन हातमा लिएर बिरामीको सेवा गर्थिन् । सोही कारण उनलाई ‘द लेडी विद द ल्यम्प’ उपनाम दिइएको थियो । युद्धका घाइतेहरुको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमण भएको थियो । सन् १८५९ मा नाइटिङ्गेलले नर्सिङ प्रशिक्षण विद्यालय स्थापना गरिन् । ‘नोट्स अन नर्सिङ’ नामक पुस्तक प्रकाशन गरिन । जीवनको उत्तराद्र्धमा नर्सिङ सेवाको विस्तार र आधुनिकीकरणमा योगदान गरिन । सन् १८६९ मा बेलायती महारानी भिक्टोरियाले ‘रोयल रेडक्रस’ सम्मानबाट सम्मानित गरिन । ९० वर्षको उमेरमा सन् १९१० को अगस्त १३ का दिन उनको निधन भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *