नेपाल आयल निगमले घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि ।

 

काठमाडौं, भदौ ८ गते ।
नेपाल आयल निगमले घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १३० पुगेको छ । त्यसैगरी मट्टीतेलको प्रतिलिटर रु ११३ पुगेको छ ।

त्यसैगरी निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्ड रु २५ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै प्रतिसिलिण्डर ग्यासको मूल्य रु १ हजार ४५० पुगेको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयँले वृद्धि भई प्रतिलिटर रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोटिर १६ डलरले वृद्धि भई ७७० अमेरिकी डलर पुगेको छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *