दाइजोमा जति धेरै विषालु सर्प दिन सक्यो त्यत्तिनै बढी वैवाहिक सम्बन्ध राम्रो हुने विश्वास गरिन्छ ।

 


काठमाडौं, भदौ ६ गते ।
नेपालमा छोरीको विवाह गर्दा दाइजो दिने प्रचलन रहेको छ । दाइजोमा पैसा, गरगहना, गरपालुवा जनावर र जग्गा समेत दाइजो दिने प्रचलन रहेको छ । चेपाङ जातिको समुदायमा विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा छोरीलाई विवाह गर्दा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिने गरिन्छ । मध्येप्रदेशमा बसोबास गर्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । गौरिया समुदायमा सयौँवर्षदेखि उक्त प्रचलन रहेको बताइन्छ । विवाहमा छोरीलाई विषालु सर्प दाइजो दिइएमा वैवाहिक सम्बन्ध राम्रो हुने विश्वास उक्त समुदायमा रहेको छ । यदि विवाहमा विषालु सर्प दाइजो नदिएमा चाँडै वैवाहिक सम्बन्ध टुट्ने वा नराम्रो हुने उक्त समुदायका मानिसले विश्वास गर्छन् ।

उक्त समुदायका मानिसहरु छोरीको विवाहको टुंगो लागेसँगै विषालु सर्पको खोजीमा लाग्छन् । दाइजोमा जति धेरै विषालु सर्प दिन सक्यो त्यत्तिनै बढी वैवाहिक सम्बन्ध राम्रो हुने विश्वास गरिन्छ । त्यसैले खतरनाक सर्पको खोजी गरिन्छ । उक्त समुदायका मानिसहरु विषालु सर्पसँग अभ्यस्त हुन्छन् । बच्चैदेखि सर्पसँग खेल्छन् । उक्त समुदायको मुख्य पेशा नै सर्प समाउने हो । सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेर पैसा कमाउँछन् । सर्प दाइजो दिँदा छोरीलाई आम्दानीको स्रोत हुने भएकाले पनि दाइजोमा विषालु सर्प दिने गरेको विश्वास गरिन्छ । ज्वाईँले दाइजोमा पाएको सर्पलाई नचाएर कमाई गर्छ । सोही कारण सर्प दाइजो दिने प्रचलन चलेको विश्वास गरिन्छ । सर्पसँग उक्त समुदायको आत्मिय सम्बन्ध रहेको हुन्छ । उनीहरुले सर्पलाई धेरै माया गर्छन् । आफूले पालेको सर्प म¥यो भने कपाल मुण्डन गरेर शोक मनाउँछन् र छिमेकीलाई बोलाएर पितृ भोज गर्छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *