काठमाडौं, साउन ३२ गते ।
मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिबानले अफ्गानिस्तानलाई कब्जामा लियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति देश छाडेको पुष्टि भएको छ ।