सप्तरी ३ (ख) मा जनमतका शम्भु साह विजयी

 

सप्तरी, ७ मंसिर

सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद यादवले १०८१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगवतीप्रसाद यादव ९२०१ मत प्राप्त गरी तेस्रो भए ।

यसअधि नै सप्तरी २ (क) र (ख) मा जनमत पार्टीकै सतिश सिंह र महेशप्रसाद यादव विजयी भइसकेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *