योजनावद्ध विकासको अभ्यास ६ दशक पुगेपनि आर्थिक वृद्धि हुन नसक्नु नेपालको प्रमुख समस्या हो ।

 

काठमाडौं, साउन ३२ गते ।
आर्थिक वृद्धि र विकास हुन नसक्नु नेपालको प्रमुख समस्या हो । योजनावद्ध विकासको अभ्यास गरेको ६ दशक पुगेको छ । तर पनि आर्थिक वृद्धि र विकासमा पछाडी छ । आर्थिक विकासका सूचकहरुको सुधारमा सन्तोष गर्न सक्ने अवस्था छैन । विज्ञहरुका अनुसार आर्थिक विकाससँग सम्बन्धित विषयहरुमा नीतिगत स्पष्टता र निरन्तरता नहुनु एक प्रमुख समस्या रहेको छ । त्यसैगरी लगानीको प्राथमिकतामा स्पष्टता नभई लगानी छरिनु रहेको छ । देशको ठूलो जनसंख्या आश्रित रहेको कृषिको व्यवसायीकरण र प्राविधिक रुपान्तरण नहुनु रहेको छ । राज्यको पुँजीगत खर्च गर्ने क्षमता कमजोर रहेको छ । पारदर्शिताको अभाव छ भने भ्रष्टाचार व्याप्त छ । अर्को एक प्रमुख समस्या भनेको राजनीतिक अस्थिरता रहेको छ ।

आन्तरिक र बाह्य लगानी आकर्षित गर्न नसकेका कारण पनि देशको आर्थिक वृद्धि र विकास न्यून रहेको विश्लेषण गरिएको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । औपचारिक अर्थतन्त्रको हिस्सा खुम्चिएको छ । उत्पादनमूलक क्षेत्रमा लागनी अत्यन्तै न्यून छ । भएको लगानी पनि सेवामूलक र आयातमूलक क्षेत्रमा केन्द्रित छ । प्राकृतिक प्रकोपका कारण भएको क्षतिलाई न्यूनिकरण गर्न नसक्नु पनि अर्को समस्या रहेको छ । विप्रेषण आयको उत्पादन क्षेत्रमा उपयोग हुन सकेको छैन । उपभोग्य वस्तुमा उक्त आयको प्रयोग हुँदा सो रकम विदेसिएको छ । त्यसैगरी विकास व्यवस्थापन संयन्त्र प्रभावकारी भएका छैनन् । अनुगमन, मूल्याङ्कन, नियन्त्रण, अनुसन्धान र तथ्याङ्क विश्लेषण औपचारिकतामा मात्रै सीमित छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई कारबाही गर्न नसक्नु जस्ता कारण नेपालको आर्थिक वृद्धि र विकास हुन नसकेको विश्लेषण गरिएको छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *