विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् भने लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् ।

 


काठमाडौं, साउन ३० गते ।
विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् भने लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन् । अधिनायकवादीहरुले पनि लोकतन्त्रकै कुरा गरे । कम्युनिष्ट तानाशाहरुले पनि लोकतन्त्रकै कुरा गरे र गरिरहेका छन् । दलाल नोकरशाही पुँजीपतिहरुले पनि लोकतन्त्रकै कुरा गर्छन् । कतिपयले जनवादी लोकतन्त्र भन्छन् । कतिपयले व्यक्ति प्रधान लोकतन्त्र भन्छन् । कतिपयले समाजवादी लोकतन्त्र भन्छन् । कतिपयले प्रजातन्त्र भन्छन् । अंग्रेजीमा डेमोक्रेसी भनिने शब्दलाई आफू अनुकूल ब्याख्या गरेको पाइन्छ । सच्चा लोकतन्त्रवादी होस् वा नहोस् लोकतान्त्रिक व्यवहार गरोस् वा नगरोस् ।

 

लोकतान्त्रिक राजनीतिक प्रणाली स्वीकार गरोस् वा नगरोस् सबैले भन्ने लोकतन्त्र नै हो । कतिपय लोकतन्त्र राजा महाराजा वा रोयल प्यालेस केन्द्रित देखिन्छन् । कतिपय बुर्जुवा पुँजीपति केन्द्रित देखिन्छन् । कतिपय सर्वहारा वर्गीय देखिन्छन् । जनताको नाम लिने, जनताको कल्याणको कुरा गर्ने तर आफू केन्द्रित राजनीति गर्ने आफ्नो स्वार्थ केन्द्रित राजनीतिका लागि लोकतन्त्र भट्याउने साधन बन्यो । आज पनि संसारभर लोकतन्त्रकै कुरा गरिन्छ । कुनै पनि राज्य र सरकार लोकतन्त्र विरोधी छु भन्दैन । आफ्नै लोकतन्त्र उन्नत भएको पुष्टि गर्छ । दुनियाँको लोकतन्त्रको अवस्था यस्तै छ । अब जाऔँ नेपालको लोकतन्त्रको बारेमा कुरा गरौँ । राजावादीहरुले पनि राजा सहितको लोकतन्त्र भन्छन् । कम्युनिष्टहरुले सर्वहारा वर्गीय लोकतन्त्र भन्छन् ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *