हातमा बन्दुक र पिठ्युँमा भारी बोकेका नेपाली सेनाको अदम्य सहास देखेर अंग्रेज सेना चकित ।

 


काठमाडौं, साउन ६ गते ।

अंग्रेज सेनाको मेजर जनरल रोर्बट रोलो जिलेस्पीको कमाण्डिङमा रहेका ३ हजार ५ सय १३ जनाको फौजले शक्तिशाली तोप प्रयोग गरी जम्माजम्मी ६ सय जना नेपाली सेनालाई आक्रमण ग¥यो । नेपाली सेनाका कमाण्डर बलभद्रसिंह कुँवर नेतृत्वको फौजले अंग्रेज फौजका ३२ जनालाई मारिदिए । अंग्रेजले नेपाली सेनाका कमाण्डर बलभद्रसिंह कुँवरलाई पश्चिम गढवालको गभर्नर बनाउँला आत्मसमर्पण गर भनेर दबाव दिएका थिए । पिउने पानीको आपूर्ति बन्द गरिएका कारण अंग्रेज फौजसँग प्रतिरोध गर्न अत्यन्तै कठिन भयो । लगभग १ महिनाको लडाईमा नेपाली सेनाले हार व्यहोर्नुप¥यो । एक हातमा खुकुरी अर्को हातमा बन्दुक र पिठ्युँमा भारी बोकेका नेपाली सेनाको अदम्य सहास देखेर अंग्रेज सेनाका एक अफिसर एननले नेपाली फौजको प्रशंसा नै गरेका छन् । नालापानी किल्लामा नेपाली फौजले देखाएको बहादुरीका कारण नै बेलायतले नेपाली युवाहरुलाई अंग्रेज सेनामा भर्ती गर्न थालेको हो ।

नालापानी किल्लाको विजयले मात्र नेपाललाई ब्रिटिस उपनिवेशमा गाभ्ने अभिष्ट पूरा नहुने भएपछि मकवानपुर जिल्लाको हरीहरपुरगढी भन्ने ठाउँमा अर्को लडाई भयो । उक्त लडाईमा नेपाली सेनालाई अंग्रेज सेनाले पराजित ग¥यो । त्यो जीतपछि अंग्रेज सेना काठमाडौं प्रवेशमा भने असफल भयो । नेपाली फौजले पनि आफ्नो गुमेको भुभाग फिर्ता लिन नसक्ने शक्ति सन्तुलनको विकास भएपछि सुगौली सन्धी भयो । तत्कालिन नायब महारानी ललितत्रिपुरा सुन्दरी देवीले प्रधानमन्त्री भीमसेन थापाको सल्लाह नै नलिई आफ्ना सल्लाहकार गजराज मिश्र र चन्द्रशेखर उपाध्याय मार्फत ४ मार्च १८१६ मा सुगौली सन्धी गरिन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धीको प्रावधान अनुसार सुगौली सन्धी खारेज हुन्छ । उक्त सन्धी खारेज भएपछि नेपाली भुभाग फिर्ता हुन सकेको छैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *