सूर्यलाई नै केन्द्र बनाएका छन् ग्रहहरुले, भू–केन्द्रवादले पृथ्वीलाई केन्द्र बनाउँछ ।

 


काठमाडौं, असार २६ गते ।

सूर्य केन्द्रवादको विपरीत भू–केन्द्रवाद हो । विश्वको भू–केन्द्र प्रणाली अनुसार पृथ्वी गतिहीन मानिन्छ र यो ब्रम्हाणको केन्द्र हुन्छ । सूर्य, चन्द्रमा, सारा ग्रहहरु र ताराहरुले पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यो धार्मिक सिद्धान्त हो । यो अरस्तु र प्लेटोको रचनाहरुमा आधारित प्रणाली हो । यो प्रणालीको सबैभन्दा पूर्णताका साथ दोस्रो शताब्दीमा युनानी विद्वान प्लेटेमीद्वारा प्रतिपादित गरिएको थियो । आज विज्ञानले यो बुझाईलाई खण्डित गरिसकेको छ । पृथ्वी गतिहीन छैन् । यो चलायमान छ । तीब्र गतिमा सूर्यको परिक्रमा गरिरहेको छ । समग्र सौर्यमण्डलले ग्यालेक्सीको परिक्रमा गरिरहेको छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेको छ । ग्रहहरुले पृथ्वीलाई केन्द्र बनाएका छैनन् । सूर्यलाई नै केन्द्र बनाएका छन् । भू–केन्द्रवादले पृथ्वीलाई केन्द्र बनाउँछ । अन्य सबैले यसलाई परिक्रमा गर्छन् भन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *