अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन सफल भएपछि दक्षिण र उत्तर भियतनामको एकीकरण गरियो ।

 


काठमाडौं, असार २३ गते ।

जापानी आक्रमणविरुद्ध हिन्द–चीन राष्ट्रहरूलाई सङ्गठित गर्ने काम हो ची मिन्हले गरे । फ्रान्सेली उपनिवेश भियतनाममा साम्राज्यवादी दमनको चोट खेप्नुपरेको हो ची मिन्हले चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगमा चिनमा शरण लिए तर त्यहाँ पनि उनीलाई च्याङ काइ सेकले देखिनसकेकाले उनी सन् १९४२–४३ मा चिनको जेलमा कोचिए । अमेरिकाले हस्तक्षेप गरेपछि जापानविरुद्ध प्रतिरोध आन्दोलन अगाडि बढाउन उनलाई रिहा गरियो । त्यो भूमिका उनले सफलतापूर्वक निर्वाह गरे । हो ची मिन्हबाहेक अरूलाई नेता मान्न भियतनामी जनता तयार थिएनन् । त्यहाँका उनी नै सर्वमान्य र सर्वप्रिय नेता बने ।

जापानलाई लखेटिसकेपछि फ्रान्सेली सत्ता कायम राख्ने अमेरिकी प्रयासलाई इन्कार गर्र्दै सन् १९४५ मा क्रान्तिमार्फत् उत्तर भियतनाममा कम्युनिस्ट शासन स्थापित गरे । दुर्वल फ्रान्स त त्यहाँबाट भाग्यो तर दक्षिणी फ्रान्समा अमेरिकाले आफ्नो कठपुतली सरकार बनायो । सन् १९४५ देखि १९७५ सम्म अमेरिकी साम्राज्यवादको विरुद्ध वर्षौँ शोषित–पीडित भियतनामी जनताले गरेको सङ्घर्षले विश्वको इतिहासमा नयाँ अध्याय रच्यो । त्यस क्रममा उनको मृत्यु सन् १९६९ मै भए पनि सन् १९७५ मा उनको सपना साकार भयो । उनको मृत्युपछि भियतनामी जनताले उनकै नाममा ६ वर्ष कठिन सङ्घर्ष गरे । अमेरिकी साम्राज्यवादलाई हँसिया–हथौडाले प्रहार गरेर चकनाचुर पारेपछि दक्षिण र उत्तर भियतनामको एकीकरण गरियो । त्यो गौरवलाग्दो विषय हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *