परिवर्तनको सुरुको अवस्थालाई परिमाणात्मक र वस्तु नै फेरिनुलाई गुणात्मक परिवर्तन भनिन्छ ।

 


काठमाडौं, फागुन १८ गते ।

कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक परिवर्तन हो । परिवर्तनका दुई चरण छन् । जसमा परिमाणात्मक र गुणात्मक परिवर्तन रहन्छन् । यी दुवै चरण पूरा गरेपछि मात्र नयाँ परिवर्तन हुन्छ । कुनै एक वस्तु अर्को छुट्टै किसिमको वस्तुमा फेरिनु अगाडि उसमा विस्तारै परिवर्तन भइरहन्छ । यसरी हुँदै गरेको परिवर्तनको असर प्रष्ट रुपमा पहिला देख्न सकिँदैन । पछिपछि त्यस्तो परिवर्तन बढ्दै जान्छ र नौलो रुप देखिन पुग्छ ।

परिवर्तनको सुरुको अवस्थालाई परिमाणात्मक र वस्तु नै फेरिने अवस्थालाई गुणात्मक परिवर्तन भनिन्छ । पुँजीपतिमा जहाँ कलकारखाना स्थापना हुँदै जान्छ, त्यहाँ मजदुर र पुँजीपतिमा अन्तरविरोध बढ्दै जान्छ । मजदुर संघर्षमा लाग्छन् । केही माग पूरा हुन्छन् । फेरी काममा लाग्छन् । तर शोषण झन–झन् चर्कँदै जान्छ । अनि आखिरमा क्रान्ति हुन्छ । पुरानो पुँजीवाद खतम हुन्छ । समाजवादको उदय हुन्छ । संघर्षका पहिलाका रुपमा हड्ताल, संगठन, जुलुस परिमाणात्मक परिवर्तन हुन् । व्यवस्था नै पल्टिएर अर्को व्यवस्था आउनु गुणात्मक परिवर्तन हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *