प्रकाशको गतिभन्दा तीब्र गतिको अन्तरिक्ष यान नबनाउने हो भने अन्तरिक्षको यात्रा ढिला हुने ।

 


काठमाडौँ, असार २३ गते ।

वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ । वैज्ञानिकरुले थप रहस्यको खोजी तीब्र रुपमा गरिरहेका छन् । झन टाढा पुग्यो झनै ब्रम्हाण्ड विशाल भेटिएको छ । एक तारबाट अर्को तारको दुरी लाखौ प्रकाश वर्ष हुने तथ्य पत्ता लागिसकेको छ । प्रकाशको गतिभन्दा तीब्र गतिका अन्तरिक्ष यान नबनाउने हो भने एउटा मान्छेको जीवनभर पनि अन्तरिक्षको एक छेउबाट अर्को छेउ पुग्न सकिँदैन । ब्रम्हाण्डको थप रहस्य खोज्न हालका प्रविधि अपर्याप्त भएको बैज्ञानिकहरुले बताई रहेका छन् ।

अन्तरिक्षमा मानव बस्तीको खोजी भइरहेको छ । मानव अनुकुलन वातावरण बनाउने सकिने पनि बैज्ञानिकहरुले बताई रहेका छन् । ब्रम्हाण्डबारे केही रोचक तथ्यहरु यस प्रकार छन् । १. अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ । २. ब्रम्हाण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भनेपनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ । ३. ब्रम्हाण्डमा प्रतिदिन २ सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् । हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ । ४. यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पूरै ब्रम्हाण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ । ५. केही वैज्ञानिकहरुका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु¥याउने सम्भावना छ । ६. ब्रम्हाण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ । ७. पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेण्डका दरले घट्दै गइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *