हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन् भने द्वन्द्ववादी दार्शनिक पनि हुन् ।

 


काठमाडौं, असार २३ गते ।

जर्मन दार्शनिक हेगेलको पूरा नाम जर्ज विल्हेम फ्रेडरिक हेगेल हो । उनको जन्म सन् १७७० अगस्ट २७ मा जर्मनीको स्टुटगार्टमा भएको थियो । त्यसैगरी उनको मृत्यु सन् १८३१ नोभेम्बर १४ को दिन जर्मनीको बर्लिनमा भयो । हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन् । उनी द्वन्द्ववादी दार्शनिक पनि हुन् । उनको अनुसार कुनैपनि वस्तु वा विचारको विकास द्वन्द्वात्मक प्रक्रियाबाट हुन्छ । कुनै वस्तु वा विचारको मूल रुपलाई उनले वाद (थेसिस) भनेका छन् । समय क्रममा त्यसभित्र स्वभाविक अन्तरविरोध विकसित हुन्छ र त्यसले विपरीत रुप लिन्छ । त्यसलाई उनले प्रतिवाद (एन्टिथेसिस) भनेका छन् ।

शुरुको चरणमा वाद र प्रतिवाद बीच संघर्ष हुन्छ । समय क्रममा यी दुई बीच समन्वय र सन्तुलन कायम हुन्छ । त्यसलाई उनले संवाद (सिन्थेसिस) भनेका छन् । संवाद समय क्रममा वादको रुपमा परिवर्तित हुन्छ । यस प्रकार वाद, प्रतिवाद र संवादको चक्र निरन्तर चलिरहन्छ । कुनै वस्तु, समाज र विचारको विकासमा यो प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । हेगेलले द्वन्द्ववादलाई स्वतः प्रेरित र स्वतः सञ्चालित भनेका छन् । अन्तरनिहित अन्तरविरोधी प्रवृत्तिको कारण यो सम्भव भएको हो । त्यसैले यो सधैँ प्रगतिगामी हुन्छ । यसलाई पूर्णता प्राप्तिको लागि ऐतिहासिक आवश्यकता भनेका छन् । विकासलाई द्वन्द्ववादको परिणाम भनेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *