अफ्गानिस्तान इस्लामिक अतिवादी सङ्गठनका आतङ्ककारी गतिविधिका कारण आजपनि सङ्कटमा ।

 


काठमाडौं, असार १७ गते ।

अफगानिस्तान एसिया महादेशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित एक भूपरिवेष्ठित देश हो । यसको अफिसियल नाम इस्लामिक रिपब्लिक अफa अफगानिस्तान हो । हिन्दकुुश पर्वत श्रृंखला सहित अधिकांश भू–भाग पहाडले भरिएका छन् । कुल क्षेत्रफल ६,५२,८६४ वर्ग कि.मि. छ । पूर्वमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमिनिस्तान, ताजकिस्तान, उज्वेकिस्तान र चीन, दक्षिणमा पाकिस्तान छिमेकी देशहरु हुन् । राजधानी काबुल हो भने सबैभन्दा ठूलो शहरपनि काबुल नै हो । प्रतिव्यक्ति वार्षिक आय ६०१ अमेरिकी डलर छ । यो देश सन् १९४६ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घको कुल बजेटको ०.००१ प्रतिशत बजेट अनुदान सहयोग गर्छ । यहाँ ९९ प्रतिशतभन्दा बढी जनता इस्लाम धार्मिक समुदायका छन् । प्राकृतिक ग्यास, टेक्सटाइल, तेल, तामा, कोइला लगायतका प्रशस्त खनिज पदार्थको भण्डारण रहेको छ । प्राकृतिक सम्पदाको रुपमा यो देश धनी छ । यो देशले प्राचीन समयदेखि नै विभिन्न आन्तरिक र वैदेशिक द्वन्द्व र आक्रमणको सामना गर्नु परेको छ । विगतमा यो देशलाई ब्याक्ट्रिया र खोरसान जस्ता नामले चिनिन्थ्यो ।

२०औँ शताब्दीमा अफगानिस्तानको राजनीतिक व्यवस्थामा संयुक्तराज्य अमेरिका र तत्कालिन सोभियत सङ्घको ठूलो चासो थियो । इस्लामिक अतिवादी सङ्गठनहरुको आतङ्ककारी गतिविधिका कारण आजपनि यो देश सङ्कटमा छ । यो देशको मुख्य चुनौति भनेकै शान्ति र अमनचयन कायम गर्नु रहेको छ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले गरेको आक्रमणको विषयलाई लिएर अमेरिकाले व्यापक शक्ति प्रयोग गरेर आक्रमण ग¥यो । परिणामतः तत्कालीन तालिवान शासनको अन्त्य भयो । आज यो देशले एकात्मक राष्ट्रपतीय इस्लामिक गणतन्त्रको अभ्यास गरिरहेको छ । अफगानिस्तान सार्ककोे नयाँ सदस्य देश हो । सार्कको अवधारणा अनुसार यस देशले दक्षिण एसियाली देशहरुको सामूहिक हितको लागि महत्वपूर्ण भूमिका खेलेको छ । लामो द्वन्द्वको कारण यसले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सकेको छैन । इस्लामिक अतिवादी सङ्गठनहरुको आश्रय स्थल बनेको छ । भौतिक संरचनामा आक्रमणको कारण धार्मिक, सांस्कृतिक महत्वका भवन, मन्दिरहरु ध्वस्त भए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *