भूगोलपार्कको कार्यक्रमलाई हस्तक्षेप गर्ने क्रममा प्रहरीले गोली चलाएर चिनियाँ काजीको हत्या ग¥यो ।

 


काठमाडौं, असार ८ गते ।

विक्रम संवत् २००७ मा नेपालमा प्रजातन्त्र आयो । हजारौँको बलिदानीपूर्ण सङ्घर्षको कारण प्रजातन्त्र प्राप्त भएको थियो । १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । राणा शासनको अन्त्य भनिए पनि तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर नै प्रजातन्त्र प्राप्त पछि पनि प्रधानमन्त्री भएका थिए । गृहमन्त्री विश्वेश्वर प्रसाद कोइराला भएका थिए । २००७ सालसम्म राणाहरुको जहानीया शासन थियो । ए वर्गका राणाहरुले मात्रै शासन गर्न पाउथे । २००७ सालको क्रान्ति पछि पिंजडामा थुनिएका राजा पनि स्वतन्त्र भए । प्रजातन्त्र पक्षधरहरु पनि स्वतन्त्र भए । राणाहरु प्रजातन्त्र पक्षधरहरुसँग मिल्न तयार भए । २००७ साल पछिको सरकार दुबै पक्षको मिलीजुलीको थियो । उक्त सरकारले देश र जनताको पक्षमा उल्लेखनीय काम गर्न सकेन । राणा शासनको पतन भई राणा र कांग्रेसको सरकार गठन भएपछि सरकारले ल्याएका सुरक्षा कानून र दिल्ली सम्झौैताको विरोध भयो ।

सरकारको जनविरोधी कामहरुको विरुद्ध आन्दोलन हुन थाल्यो । काठमाडौँको न्युरोडस्थित भूगोलपार्कमा एक विरोध कार्यक्रम आयोजना गरिएको थियो । उक्त विशाल आमसभालाई तत्कालीन सरकारले हस्तक्षेप गर्यो । विभिन्न व्यक्तिहरुलाई पक्राउ गरी हनुमान ढोकामा थुन्यो । कार्यक्रमलाई हस्तक्षेप गर्ने क्रममा प्रहरीले गोली चलायो । चिनियाँ काजी नामका एक विद्यार्थीको हत्या गर्यो । यसरी यो भूगोलपार्कमाथि दमन भएको काण्डलाई भूगोलपार्क काण्ड भनिन्छ । चिनियाँ काजीको हत्या भएपछि राणा र कांग्रेसले एक अर्कालाई जिम्मेवार ठहर्याउदै आरोप प्रत्यारोप गरे । प्रधानमन्त्री मोहन शमशेरले गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाई विरोध गर्दै वक्तव्य दिए । त्यसपछि राणा कांग्रेस संयुक्त सरकारको पतनको प्रक्रिया सुरु भयो । २००८ साल कात्तिक २० गते चिनियाँ काजीको निधन भयो । सोही काण्डपछि राणा र कांग्रेसको सम्बन्ध झन् बिग्रियो । विवादले उत्कर्ष रुप लिएपछि मोहन शमशेर नेतृत्वको सरकारको पतन भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *