सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा नेपाल–भारतका जनताबीच समानता र आत्मीय सम्बन्ध छ ।

 


काठमाडौं, जेष्ठ ६ गते ।

सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा नेपाल र भारतबीच समानता भएकैले यी दुई देशका जनताबीच आत्मीय सम्बन्ध रही आएको छ । यी दुवै मुलुकका जनता वैदिक सनातन धर्मका अनुयायी छन् । राजनीतिक क्षेत्रमा दुबै मुलुकबीच मनमुटाव देखिए पनि सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा जनताका बीचमा सुमधुर सम्बन्ध रहेको छ । खुला सिमानाका कारण तराईका सीमा क्षेत्रमा बस्ने नेपालीहरुले भारतीय बजारको प्रयोग गरेका छन् । भारतीयहरु पनि नेपाली बजारमा लेनदेन गरिरहेका छन् । नेपाल भारतबीच शताब्दीऔं देखि तीर्थ यात्राका रुपमा धार्मिक पर्यटकहरु आवतजावत गरिरहेका छन् । त्यसैले नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ भनिन्छ । दुई देशबीचका जनतामा वैवाहिक सम्बन्ध भएकाले नातेदारको सम्बन्ध कायम छ । यसले दुई देशका जनताबीच प्रगाढ सहसम्बन्ध बढाएको छ । दुई छिमेकी मुलुकको बीचमा राजनीतिक तहमा बेलाबखत विवाद हुने गर्छ ।

संसारमा स्थान र पात्र परिवर्तन गर्न सकिन्छ तर छिमेकी परिवर्तन गर्न सकिँदैन । त्यस्तैगरी नेपाल भारतबीच जति धेरै राजनीतिक तहमा कटुता भएपनि मिल्नुको विकल्प छैन । यी दुई छिमेकी मुलुकबीच मनमुटाव के कारणले भएको छ भन्ने कुरा प्रमुख हुन्छ । भारत नेपालको दक्षिणी छिमेकी मुलुक हो । भारतले विशाल मुलुक भए पनि नेपाली भूमि अतिक्रमण गरेको छ । पूर्व, दक्षिण र पश्चिम गरी तीन तिरबाट भारतले नेपाललाई घेरेको छ । यी तीनै दिशामा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । यस अतिक्रमणले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा आँच पुगेको छ भने विशाल भुभाग भएको संघीय लोकतान्त्रिक मुलुक भारतको अन्तर्राष्ट्रिय छवि झनै धुमिल भएको छ । आफूलाई विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भनी दावी गर्ने भारतले नेपाल जस्तो सानो मुलुकको जमिन अतिक्रमण गर्दा उसको लोकतान्त्रिक छवि गिर्नु स्वभाविक नै हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *