समाज विकासको क्रममा पैदा भएको अस्तव्यस्ततालाई व्यवस्थापन गर्ने क्रममा राजनीतिको प्रारम्भ भयो ।

 


काठमाडौं, जेष्ठ ६ गते ।

राजनीतिलाई सबै नीतिहरुको माउ नीति भन्ने गरिन्छ । राजनीति समाज व्यवस्थापनका लागि गरिन्छ । समाजलाई सही दिशा प्रदान गर्न राजनीति चाहिन्छ । राजनीति ठूला–ठूला विद्धानहरुले ठूलठूला बहस, छलफल, सेमिनार गरेर निर्माण गरेको चिज होइन । राजनीति समाज विकासको प्रक्रियामा स्वतः स्फूर्त रुपमा विकसित भएको हो । जुन दिन मान्छे जंगली थियो, अव्यवस्थित थियो, स्थायी रुपमा बसोबास गर्दैन थियो त्यस बेला राजनीतिको आवश्यकता परेन । जब मान्छे समूहमा बस्न थाले पारिवारिक र सामाजिक जीवन जीउन थाले त्यो सँगै समस्याहरु पनि देखिन थाले । समाजमा अव्यवस्था हुन थाल्यो । विकृति पैदा भयो । ठूलाले सानालाई थिचोमिचो गर्न थाले त्यसबेला स्वतःस्फूर्त रुपमा न्यायको खोजी हुन थाल्यो । हो त्यही बिन्दूबाट राजनीतिको प्रारम्भ भएको मान्न सकिन्छ ।

राजनीतिलाई सरल रुपमा बुझ्दा समाज व्यवस्थापन र सञ्चालनको साधन हो । जब समाज विकसित हुँदै गयो राजनीतिका विभिन्न प्रारुपहरु पनि विकसित हुन थाले । विभिन्न विद्धानहरुले देश, काल र परिस्थितिको जगमा भिन्न भिन्न प्रकृतिका राजनीतिक प्रारुप प्रस्ताव गरे । विभिन्न ठाउँमा विभिन्न प्रकृतिका राजनीतिक अभ्यास भए । शुरुको चरणमा गणराज्यको विकास भयो । त्यो भनेको समूहमा समूह नाइके छान्ने र उसकै नेतृत्वमा समूहको व्यवस्थापन र सञ्चालन गर्ने प्रणाली हो । त्यो अवस्था विकसित हुँदै राजतन्त्रको तहमा पुग्यो । समूह नाइकेबाट राजतन्त्रको नाइके राजसम्म पुग्दा राजालाई देवत्वकरण गरियो । राजालाई देवतासरी ठान्न थालियो । अरु बाँकी सेवक भए अथवा प्रजा भए । वर्ग भेद भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *