नेपाल र साउदी अरबबीच सहअस्तित्व, भाइचारा र सहयोगको सिद्धान्तको आधारमा सम्बन्ध कायम छ ।

 


काठमाडौं, जेष्ठ ३ गते ।

आजभन्दा लगभग २० हजार वर्षअघि अरब भूमिमा मानव बस्तीको शुरु भएको मानिन्छ । साउदी अरबको इतिहास त्यही समयबाट शुरु हुन्छ । यो मुलुक तेलको भण्डार भएको आर्थिक रुपले समृद्ध र राजतन्त्रात्मक मुलुक हो । सन् १९३२ मा वर्तमान वंशीय राजतन्त्रको शुरुवात भएको हो । साउदी अरेबियाका संस्थापक राजा ‘अब्दुल अजिज अल साउद’ हुन् । हालका राजा ‘अब्दुल्लाह बिन अब्दुल अजिज अल साउद’ हुन् । युवराज ‘सलमान बिन अब्दुल अजिज अल साउद’ हुन् । विश्वमा राजतन्त्रको संख्या घट्ने क्रममा छ । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भइसकेको छ । राजा भन्ने बित्तिकै माथिल्लो अरु तल भन्ने अनुभूति हुन्छ । त्यसैले राजालाई अभिवादन गर्नेले अत्याधिक निहुरेर गर्छन् । साउदी राजपरिवार अत्याधिक धनी परिवार हो भनिन्छ ।

राजतन्त्रात्मक मुलुक साउदी अरब कसरी सम्पन्न मुलुक भयो भने नेपाल किन गरिब नै भइरहयो भनेर सोच्नु आवश्यक छ । आम बुझाई अनुसार जहाँ जनताको शासन छ त्यहाँ समृद्धि चाँडै हुन्छ भन्ने छ । नेपाल र उक्त मुलुकबीच सन् १९७७ को १५ मार्चमा दुइपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसपछि नेपाललाई विभिन्न परियोजना मार्फत् सहयोग गर्दै आएको छ । शान्तिपूर्ण सहअस्तित्व, भाइचारा र सहयोगको सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्ध विकसित भएको छ । दुवै राष्ट्रले संयुक्त राष्ट्रसंघीय बडापत्रमा उल्लेखित सिद्धान्तलाई पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका कारण अन्तर्राष्ट्रिय समुदायमा नेपाल र साउदी अरब खुला छन् । कुटनीतिक सम्बन्ध स्थापना भएको ३ दशक पछि उक्त मुलुकले नेपालमा राजदूतावास खोल्यो । हाल दुई देशबीच सुमधुर सम्बन्ध रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *