भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाका महिलाले विवाहको पाँच दिनसम्म कपडा लगाउँदैनन् ।

 


काठमाडौं, जेष्ठ २ गते ।

मानव जातिको उत्पत्ति लाखौँ वर्ष पहिले भयो । विकास क्रममा मान्छेले आफूलाई विकसित गर्दै लग्यो । अफ्रिकाबाट विकसित हुँदै पृथ्वीभर फैलियो । आज मान्छे पृथ्वीको कुना–कुनामा पुगेको छ । लाखौँ वर्षको अवधिमा मान्छेले आफूलाई विकसित गर्दै आजको अवस्थामा ल्यायो । जंगली अवस्थाबाट आजको उन्नत सभ्यता निर्माण गर्न सफल भयो । मान्छेले शारीरिक विकासँगै सामाजिक विकासपनि ग¥यो । जब मान्छे सामाजिक बन्दै गयो तब सामाजिक प्रथा, परम्परा, संस्कार र संस्कृतिको पनि विकास गर्दै गयो । पृथ्वीको विभिन्न भागमा फैलिने क्रममा आ–आफ्नै सामाजिक जीवनको विकास ग¥यो ।

कतिपयले उन्नत सामाजिक जीवनको विकास गरे भने ककितयले भद्दा प्रकृतिको सामाजिक प्रथा, परम्परको विकास गरे । व्यक्ति र समाजको जीवनमा घटेको घटना र भोगाईका आधारमा सामाजिक मूल्यमान्यताको निर्माण गरे । आज त्यस्ता हजारौँ लाखौँ प्रथा, परम्परा, संस्कार र संस्कृतिको अभ्यास मान्छेले गरिरहेका छन् । जब मान्छे विकासको पछिल्लो चरणतर्फ पुग्यो उसले विभिन्न अनुभूति गर्न थाल्यो । प्रकृतिसँग प्रश्न गर्न थाल्यो । प्रकृतिसँग स्वयम् भिड्न थाल्यो । कतिपय पूर्वजन्म र आजन्मको परिकल्पना गर्ने ठाउँमा पुगे । आज आइपुग्दा मान्छे विभिन्न बुझाई र भोगाईमा बाँचिरहको छ । मानव विकासको उक्त सामान्य पृष्ठभूमिको आलोकमा एउटा रोचक परम्परा उल्लेखनीय छ ।

छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा एउटा मणिकर्ण भन्ने उपत्यका छ । उपत्यकामा एउटा पिडी भन्ने गाउँ छ । त्यहाँ अनौठौ प्रकृतिको विवाह परम्परा रहेको छ । त्यहाँ विवाह भएको ५ दिनसम्म महिलाले कपडा लगाउँदैनन् । ऊनबाट बनेको एक पछ्यौराले शरीरलाई ढाक्छन् । उक्त पछ्यौरा बाहेक अन्य कुनैपनि कपडा लगाउने अनुमति उनीहरुलाई हुँदैन् । उक्त अवधिमा उनीहरुले बेहुला श्रीमानसँग भेटघाट र बोलचाल समेत गर्न पाउँदैनन् । नवविवाहित पुरुषले पनि विभिन्न नियमहरुको पालना गर्नुपर्छ । उक्त समयावधिमा पुरुषहरुले जाँड रक्सी सेवन गर्न पाउँदैनन् । उक्त परम्परा हजारौँ वर्षदेखि प्रचलनमा रहेको विश्वास गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *