स्टालिनले पुँजीवादी विश्वको बीचमा एक्लै समाजवादी राष्ट्रको रक्षा गर्न अद्वितीय भूमिका निर्वाह गरे ।

 


काठमाडौं, वैशाख २८ गते ।

रुसी क्रान्तिका योद्धा र सोभियत समाजवादी व्यवस्थाका अगुवाहरूमध्येका जोसेफ स्टालिनको जन्म गरिब परिवारमा भएको थियो । कर्मठता, साहस, दृढ इच्छाशक्ति, प्रतिभा र प्रतिबद्धताको कारण विशाल सोभियत सङ्घका राष्ट्राध्यक्ष बनेका स्टालिन लालसेनाका सुप्रिम कमान्डर पनि थिए । लेनिन बितेपछि पुँजीवादी व्यवस्थाको बीचमा एक्लै समाजवादी राष्ट्रको रक्षा मात्रै होइन, त्यसलाई उचाइमा पु¥याउन स्टालिनले अद्वितीय भूमिका निर्वाह गरे । उनले सन् १९३७ मा सोभियत सेनाभित्र रहेका प्रतिक्रियावादी सैनिकहरूलाई मात्र होइन, पुँजीवादी आकाङ्क्षालाई पनि निर्दयतापूर्वक दमन गरे । त्यो चोटले तिल्मिलाएका साम्राज्यवादी शक्तिहरूले त्यसपछि नै स्टालिनलाई खलनायकको रूपमा प्रस्तुत गर्न थालेका हुन्, जुन अहिले पनि सकिएको छैन । त्यसबेला साम्राज्यवादी दुष्चक्रलाई दमन नगरिएको भए सोभियत सङ्घको अस्तित्व दोस्रो विश्ययुद्धको चक्रव्युहमा फसेर समाप्त भइसक्ने थियो । स्टालिनको नेतृत्वप्रति समर्पित लालसेना र सोभियत सङ्घका बहादुर जनताले दोस्रो विश्वयुद्धमा अपार बलिदान गरेर सोभियत सङ्घको मात्रै रक्षा गरेनन्, विश्व फासीवादको चुङ्गुलबाट मानवतालाई मुक्त गरे ।

आफ्नो कार्यकालमा आएका गम्भीर सङ्कटलाई सामना गर्ने क्रममा स्टालिनले गरेका गल्तीहरूलाई लिएर उनको व्यापक विरोध गरिन्छ । स्टालिन पक्षधरहरुले त्यसलाई त्यति ठूलो असामान्य गल्ती नठानेर त्यसलाई स्वाभाविक मान्नु पर्ने तर्क गर्छन् । विरोधीहरुले उनलाई समाजवादी तानाशाहको रुपमा पनि चित्रित गर्छन् । तर, विश्व मानवताको रक्षा गर्ने महान् दायित्व निर्वाह गर्ने कुरामा उनीमाथि कुनै प्रश्न गर्न सकिन्न । उनले नै विश्व फासीवादको मुकाबिला गर्ने जिम्मेवारी आफ्नो काँधमा लिएर छोराको बलिदान गर्ने मानक उदाहरण प्रस्तुत गरे । पुँजीवादीहरूको सबैभन्दा बढी सिकार भएका यी सोभियत नेताले साम्राज्यवादविरोधी भूमिका खेल्दै उपनिवेशहरूलाई स्वतन्त्र या मुक्त बनाउन निकै ठूलो सफलता हासिल गरे । त्यसले विश्व साम्राज्यवादलाई गहिरो चोट लाग्यो । स्टालिन साम्राज्यवादीहरूका लागि काल साबित भए । स्टालिनग्रादमा लडाइँ चलिरहेको बेला स्टालिनले अब जर्मन सेनालाई एक इन्च पनि अघि बढ्न नदिन स्पातजस्तै दृढ हुन घोषणा गरे । लालसेनाले त्यसलाई दृढताका साथ पूरा गर्दै दुस्मनहरूलाई लखेटे । पुँजीवाद–साम्राज्यवादको निन्दा जति बढी हुँदै जान्छ, विश्वभरिका श्रमजीवीहरुले उनलाई सम्झिने गर्छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *