गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए, प्रदेश प्रमुखद्वारा स्वीकृत ।

 


काठमाडौं, वैशाख २६ गते ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूचि रहेको छ । उनले मतदान पूर्वनै आज राजीनामा दिएका छन् ।

अविश्वासको प्रस्ताव पारित हुने निश्चित देखेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेकी छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठनको लागि आह्वान गरेकी छन् । उक्त अवधिका लागि गुरुङले काम चलाउ सरकारको नेतृत्व गर्नेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *