ताइवानमा मुख्य भूमिको समाजवादी प्रणाली र ताइवानको पूँजीवादी प्रणालीको मिश्रण अस्तित्वमा छ ।

 

काठमाडौं, वैशाख २६ गते ।

चीनमा वौद्ध, इश्लाम, क्रिश्चियन लगायतका धर्महरु मानिन्छ । जनवादी गणतन्त्र चीनका नागरिहरुले धार्मिक स्वतन्त्रताको भरपुर प्रयोग गर्ने अवसर प्राप्त गरेका छन् । कुनैपनि व्यक्तिले कुनै धर्ममा विश्वास गर्न वा नगर्न वाध्य पार्न पाउँदैन । धर्मकै आधारमा कसैले कसैलाई विभेद गर्न पाउँदैन । सबै धर्महरु समान हुन भन्ने मान्यताका आधारमा राज्यले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । प्रत्येक समुदायका मानिसहरुले आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक प्रगतिमा समान अवसरका मौका पाएका छन् । चीनका मानिसहरुको विशिष्ट प्रकृतिको मौलिक वातावरण, सामाजिक अवस्था र आर्थिक विकासको स्तर अनुसार खाने, लाउने तथा बस्ने आचरणको विकास गरेका छन् । विभिन्न उत्सवहरु मार्फत् आफ्नो मुलुकको पहिचान प्रदर्शन गर्न त्यहाँका जनताहरुले प्रशस्तै अवसर प्राप्त गरेका छन् । वसन्त उत्सव, लालटीन उत्सव, विशुद्ध उज्यालो दिवस, ड्रयागन डंगा उत्सव, मध्य शाखक्रत उत्सव, दोहोरो नौ उत्सव यहाँका प्रमुख उत्सवहरु हुन् । प्रशासनिक विभाजनको हिसाबले पनि चीनको विशिष्ट प्रकृतिको पहचिान छ ।

चीनमा हाल केन्द्र, प्रान्त स्थानीय निकाय गरी तीन तहको प्रशाशनीक संरचना छ । पूरा देशलाई प्रान्त, स्वशाशित क्षेत्र तथा विभिन्न गाउँ र नगरपालिकाहरुमा विभक्त गरेकाले कुनै विशिष्ट क्षेत्रलाई केन्द्रले नै प्रत्यक्ष रुपमा आफ्नो नियन्त्रणमा राखी परिचालन गर्छ । ताइवान प्रान्त प्रशान्त महासागरको किनारमा अवस्थित प्रान्त हो । यो प्रान्तमा विभिन्न संस्कृतिक पहिचान भएको पाइन्छ । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनाको पूर्व सन्ध्यामा कोमिन्ताङ्ग अधिकारीहरुले ताइवानमा छुट्टै शाशनको अभ्यास गरेको पाईन्छ । चीनको अभिभाज्य अंग ताईवान हो र यसको केन्द्रीय सरकार वेइजिङ्गमा भएको चीनको भनाई छ । ताइवानमा मुख्य भूमिको समाजवादी प्रणाली र ताइवानको पूँजीवादी प्रणालीको मिश्रण अस्तित्वमा छ । यो क्षेत्र उच्च तहको स्वतन्त्रता प्राप्त क्षेत्र पनि हो ।

चीनको विशेष प्रशाशनिक क्षेत्र हङकङ्ग पनि उच्च स्तरको स्वयत्तता प्राप्त क्षेत्र हो । चीन सरकारले एकदेश दुई प्रणाली अन्तर्गत हङ्गकङ्गको प्रशासन हङ्गकङ्गे जनताबाट नै संचालित होस भनी उच्च स्तरको स्वयत्तता प्रदान गरेको छ । यहाँ प्रजातान्त्रिक राजनैतिक प्रणाली प्रयोगमा छ । चीनको अर्काे सानो भूभाग मकाउ पनि उच्च स्तरको स्वतन्त्रता भएको क्षेत्र हो । चीनमा चीनीयाँ कम्युनिष्ट पार्टी, कोमिन्ताङ्ग, चीनीयाँ क्रान्तिकारी समिति चीनीयाँ प्रजातान्त्रिक लिग लगायत तेह्रवटा राजनैतिक दलहरु क्रियाशील छन् । वैदेशिक नीतिको सवालमा चीनले हस्तक्षेपकारी नीतिको अवलम्वन गरेको छ । चीन उदाउँदो महाशक्ति राष्ट्र र छिमेकी राष्ट्र भएकाले नेपालले उक्त मुलुकबाट धेरै कुरा सिक्न र सहयोग लिन सक्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *